कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफू जनताको सुखदुःखको साथी भएको बताएका छन् ।
घरदैलो अभियानका क्रममा सोमबार पोखरा १० जनप्रिय टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गुरुङले चुनाव जितेपछि पनि आफू सधैं जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
‘स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणका लागि मैले नेतृत्व गर्नेछु,’ उनले भने, ‘जनताका समस्याहरुकोे समाधान गर्दै अगाडि बढ्नेछु ।’ आर्थिक समृद्धि र रोजगारीको सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आधुनिक कृषि सहकारी प्रणालीको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जनप्रिय तमु समाजका अध्यक्ष डम्बर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । गुरुङले सोमबार पनि पोखरा १० का विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गरेका छन् । अभियानका क्रममा स्थानीयबासीबाट निकै हौसला पाएको उनले बताए ।
स्थानीयबासीका समस्याहरु सुनेर टिपोट
कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङ घरदैलोमा व्यस्त छन् । उनले शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नंं १२ का विभिन्न स्थानमा घरदैलो गरेका छन् । बाम गठबन्धनका साझा उम्मेदवार गुरुङले नेकपा एमाले तथा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको साथमा घरदैलो अभियान गरेका हुन् ।
घरदैलोको क्रममा स्थानीयबासीका समस्याहरु आफूले सुनेर टिपोट गरेको गुरुङले बताए । ‘मैले घरदैलो गर्ने क्रममा स्थानीयबासीका समस्या तथा अपेक्षाहरु संकलन गरेको छु,’ उनले भने, ‘मतदातासँग अहिले गरेका सम्पूर्ण प्रतिबद्धताहरु निर्वाचत जितेपछि पुरा गर्नेछु ।’ घरदैलोको क्रममा स्थानीयबासीबाट पाएको मायाले उत्साह थपेको गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला