गण्डक न्युज पोखरा, २८ कार्तिक / मलेसियामा जारी एसीसी यू १९ युथ एशिया कप २०१७ मा नेपालले अर्को जित निकालेको छ ।
युवा स्टारर सन्दिप लामिछाने एक्लैले पाँच विकेट झारेपछि उसकै घरेलु मैदानमा नेपाल आठ विकेटका साथ जित हात पार्न सफल भएको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले जम्मा ५.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
यसअघि ब्याटिङको निम्तो पाएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा समेटिएको थियो । ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि अनिलकुमार शाहले नटआउट २९ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए ।
अघिल्लो खेलमा नेपालले इतिहासमै पहिलो पटक क्रिकेट खेलमा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपालसामु भारत १९ रनले पराजय ब्यहोरेको थियो ।
पहिलो खेलमा भने नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते