कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार यज्ञ बहादुर थापाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् ।
उनले हरेक अप्ठ्यारा स्थितीमा देशलाई काँग्रेसले निकास दिने गरेको स्मरण गरे । ‘विगतमा काँग्रेसकै अगुवाईमा मुलुकले निकास पाएको छ । पूराना शासन ब्यवस्था हटाउनेदेखि संविधान निर्माणसम्ममा काँग्रेसको नेतृत्व छ, उनले भने–अहिले पनि देश संकटमा छ । त्यसैले काँग्रेसको जीत अपरिहार्य भएको छ ।’
क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार कृष्ण केसीले वामपन्थीको नाममा कम्युनिष्टहरुले जनतालाई धोका दिएको आरोप लगाए । कम्युनिष्टहरु अवसरको पछि लागेर देश जटिल परिस्थितीमा परेको भन्दै उनले काँग्रेसलाई बहुमत दिएमात्रै सही दिशा दिन सकिने बताए । कार्यक्रममा प्रदेश १(ख) निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङ, नेता बोधराज कार्की, बोधराज बराल, किरण केसी, समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ लगायतले बोलेका थिए । उनीहरुले शनिवार पोखरा १४ का विभिन्न टोलहरुमा घरदैलो गर्दै मतदातासँग मत मागेका छन् । घरदैलोका क्रममा उम्मेदवारहरुलाई स्थानीयहरुले भब्य स्वागत गरेका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
यसैवीच, उम्मेदवारहरु थापा, केसी र प्रदेशसभा (क) का उम्मेदबार जीवन परियार शनिवार नेपाल शिक्षकसँगले आयोजना गरेको भेलामा सहभागि थिए । उनीहरुले उच्च मनोवलका साथ पार्टीलाई बिजयी गराउने अभियानमा जुट्न शिक्षकहरुसँग आग्रह गरे ।
उम्मेदवार भोट माग्न ब्यस्त, कार्यकर्ता नाचगानमा मस्त
“आयौं आयौं काँग्रेसको भैलो
भोट माग्न हजुरको घरदैलो ।”
यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् ।
विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसमा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए । किसान खेतबारीमा पस्नु अगावै उनले घरमै पुगेर रुखमा भोट माग्दा धान थन्क्याउन खेत हिडेका स्थानीय बासिन्दा भने एकछिन रोकिएर मन्त्री थापाको अनुरोध सुनिरहे । आफनो घरमै मन्त्रीलाई देख्दा सर्वसाधारण समेत छक्क परे । कार्यकर्ता समेतको हुल बाँधेर घर घरमा पुग्दा काँग्रेसको जनलहर नै आएको अनुभूति भएको थियो ।
चोकमा भिड भएका सर्वसाधारणदेखि होटलमा चिया गफमा व्यस्त भएका नै किन नहोस् आफुलाई भोट माग्न मन्त्री थापा पक्की कच्ची सबै खाले बाटोमा हिडिरहेका छन् । उनका पछाडि कार्यकर्ताले सांगितीक माहौल जमाउँदै स्थानीय बासिन्दालाई आर्कषित बनाईरहेका छन् ।
महानगरपालिकाकै दुर्गम मानिएको वडा नं १४ को खाल्टे मसिनामा कार्यकर्ता गीत गाउँदै अगाडि अगाडि, मन्त्री थापा र नेपाली काँग्रेस कास्कीका सभापति तथा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्णबहादुर केसी पछि पछि दुईहात जोड्दै घरभित्र पुगेर रुखमा भोट मागे । “यसपटक रुखमै भोट दिनोस् ।” मन्त्री थापाले भनिरहेका थिए–“विकासको कामको जिम्मेवारी काँग्रेसले लिन्छ । समृद्ध बनाउने अभियानमा सँधै लागिपर्छ ।”
कास्की प्रतिनिधि सभा क्षेत्र १ का सदस्य उम्मेदवार थापाले खाल्टे मसिनामा पुगेर जनताको चाहनालाई आत्मसात गर्दै महानगरपालिकाको शहरी क्षेत्र भएपनि पिछडिएको ठाँउमा आफुले नमूना बनाउने समेत प्रतिबद्धता जनाए । प्रदेश (ख) का उम्मेदवार कृष्ण केसीले पनि समृद्ध पोखरा निर्माण काँग्रेसको एजेण्डा भएको बताए ।
“हामी आश्वासन दिदैनौं । काम गरेर देखाउँछौं ।” उनले भने–“हाम्रो विकास हामीले नै गर्ने हो बाहिरका व्यक्तिले आएर गर्दैन् ।” स्थानीय तह नेपाली काँग्रेस कास्कीको उपमेयर उम्मेदवार समेत रहेकी सरस्वती गुरुङले निर्वाचनको कमाण्ड सम्हालेकी छिन् । क्षेत्र नम्बर १ का काँग्रेसी उम्मेदवारहरु यतिबेला घरदैलो मै ब्यस्त छन् । विभिन्न वडा, टोल र बस्तीका घरघरमै पुगेर उनीहरु काँग्रेसको चुनाव चिह्न रुखमा भोट मागिरहेका छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम