नेकपा एमाले, माओवादी केन्द्र सहितको बाम गठबन्धनबाट कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापालाई जिताउन शनिबारदेखि घरदैलो कार्यक्रम शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ मा भएको घरदैलो कार्यक्रम गर्दा उम्मेदवार थापासँग युवा जमात पनि उत्तिकै उत्साहित भएर हिँडेका थिए । एमाले कास्की अध्यक्ष समेत रहेका थापाको स्वभावकै कारण युवाहरु उर्लिएर आएको पोखरा–२१ कृस्तिका मनोज पहारीले बताए । ‘थापा एक्सन म्यान हुन,’ उनले भने, ‘उनको स्वभाव जस्तै काम पनि स्पष्ट छ ।’
सामान्यतया जुन वडामा घरदैलो भयो त्यहाँकै मात्र जनसहभागिता हुने गर्छन् । तर थापाको हकमा भने त्यस्तो भएन । उनीहरु अन्य वडाबाट आउने युवा जमातनै छुट्टै रहेको पोखरा–१७ का सन्तोष पोख्रेलको भनाइ थियो । ‘थापाको काम गर्ने तरिका युवाहरुकै जस्तै भएर पनि होला उनीसँग युवा समर्थन रहेको छ,’ उनले भने, ‘कामको अनुभव भएका उनी निकै एक्टिभ एन्ड बोल्ड डिसिजन गर्न सक्ने खालका छन् ।

२०५४ सालमा मेयर भएर पोखराको विकासमा ठूलो योगदान पु¥याएका थापा प्रदेशको लागि राम्रो काम गर्ने पोखरा–२१ का रामचन्द्र गिरीले बताए । ‘उनीसँग जनप्रतिनिधिका रुपमा काम गरेको राम्रो अनुभव छ,’ उनले भने, ‘जनताको भावना बुझेर नै प्रदेश विकासमा उनी लाग्ने छन्, त्यही भएर उनलाई जिताउन हामी युवाहरु लागेका छौं ।’
थापाले मेयर हँुदा अन्य शहरका मेयरको तुलनामा उदाहरणीय काम गरेको गिरीले सुनाए । ‘पोखरामा त्यस बेला ढलको व्यवस्था गरेर न्युरोडको बाटो चाक्लो बनाउने काम उनैले गरेका हुन्,’ उनले भने, ‘पोखराको अन्तर्राष्ट्रिय सम्बन्ध उनकै बेलामा राम्रो बनेका हुन् ।’ त्यस बाहेक धेरै उदाहरणीय काम गरेको हुनाले थापालाई एक राम्रो नेताको रुपमा परिचित गरेको उनले सुनाए । ‘पोखरामा फोहोर व्यवस्थापनका लागि उनलेनै पहल गरेका हुन्’ उनले भने–‘थापाकै पालामा बनाएको पोखराको ल्यान्डफिल साइट एसियकै नमुना ल्यान्डफिल साइड हो ।’

कास्की क्षेत्र नं २ प्रदेश १ मा कृष्ण थापा बाहेक अरु विकल्प नरहेको पोखरा–७ की सविना बरालले बताइन् । ‘एक त थापा आफैमा कुशल नेता हुन त्यसैमाथि यो क्षेत्र एमालेकै गण हो,’ उनले भने, ‘काम गर्ने नेतालाई हामी जिताएरै छाड्छांै ।’
‘यस भन्दा अघि पनि सूर्यलाई दिएको हो यस पटक पनि अन्त हाल्ने कुरै हुदैन ।’
कास्की क्षेत्र नं २ प्रदेश सभा १ का उम्मेदवार कृष्ण थापा मतदाता भेटघाटका क्रममा सोमबार पोखराको रामबजारका मतदाता भेट्दै थिए । स्थानीय ७२ वर्षीय देवकी विकलाई भेट्न पुगेका थापालाई उनले मत दिने प्रतिवद्धता मात्र जनाएनन्, जित्नका लागि आशीर्वाद पनि दिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ पुगेका थापाको टाउँकोमा हात राख्दै विकले भनिन्, ‘यो वुढेसकालमा भत्ता दिएका छौ,’ ‘यस भन्दा अघि पनि सूर्यलाई दिएको हो यस पटक पनि अन्त हाल्ने कुरै हुदैन ।’ आफ्नो वडामा वाम गठबन्धनको घरदैलो कार्यक्रम रहेको भन्ने थाहा पाएपछि कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी र थापालाई कुरेर वसेका ७९ वर्षीय नरहरी पौडेलले वडा नम्बर १५ मा ढुक्क रहउन उम्मेदवारलाई आश्वासन दिए । ‘स्थानीय चुनावमा पनि एमालेनै जितेको ठाउँ हो, अहिले त झन माओवादी पनि मिसिएको छ,’ उनले भने, ‘हामी जस्तो वढावुढीका लागि हेर्ने पार्टी भनेकै एमाले हो ।’ आफुले मात्र नभएर सम्पूर्ण परिवारले नै भोट दिने पौडेलले सुनाए । ‘तिमीलाई आर्शिवाद छ, भोट पनि दिन्छौ,’ उलने भने ।
काम गर्ने पार्टीलाई जनताले मन खोलेर स्वागत गरेको पोखरा–१५ कै ७० वर्षीय आशमाया गुरुङले बताइन् । ‘काम गरेकै हुनाले एमालेलाई जनताले पत्याएर स्थानीय चुनावमा एमालेले जितेको हो,’ उनले भनिन्, ‘अहिलेको चुनावमा दुई पार्टी एक भएको हुनाले झन् धेरै भोटले जित्छ ।’ भोट लिने भन्दै गुरुङले वृद्धाभत्ता बढाउन आग्रह समेत गरिन् ।

यस अघि स्थानीय चुनावमा पोखरा महानगरपालिका–१५ मा एमालेका उम्मेदावरले वडा अध्यक्ष जितेका हुनाले यस पटकको चुनावमा पनि एमालेले धेरै मत ल्याउने स्थानीयको विश्वास छ । स्थानीय चुनावमा प्रकाश पौडेलले १ हजार ९ सय ४५ मत ल्याएर वडाध्यक्ष बनेका हुन् । उनले आफ्नो निकटम प्रतिस्पर्धीलाई ५ सय मत अन्तरले पराजित गरेका थिए । सोमबार भएको घर दैलो कार्यक्रममा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी र क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार थापा, सोही क्षेत्रका समानुपातिक तर्फका उम्मेद्वारहरु सृजना शर्मा, भिम बहादुर कार्की र अशोक बुढा छन्त्याल र पोखरा–१५ का वडा अध्यक्ष प्रकाश पौडेल पुगेका थिए ।

सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो