कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा बाम गठबन्धनका साझा उम्मेदवार रविन्द्र अधिकारी र नेपाली काँग्रेसबाट देवराज चालिसे चुनावी मैदानमा छन् । भर्खरै काँग्रेस प्रवेश गरेका कुमार खड्काको वाककला औषत भन्दा माथि नै छ । उनी गज्जब भाषण पनि गर्छन् । स्पष्ट भाषण पट्यार लाग्दो हुँदैन । उनले पाँच दिनदेखि भनेको कुरा भने २२ कार्तिकदेखि २७ कार्तिकमा आउँदासम्म १८० डिग्रीमा घुमेको छ ।
सोमबार पत्रकार सम्मेलनपछि www.safalnews.com ले लेखेको छ : रविन्द्र भष्ट्राचारी हुन भनेको छैन : काँग्रेस नेता खड्का
समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडियालाई त्यसको दोष थुपारेका छन् । जबकि उनका ती समाचारहरु काँग्रेस पार्टीकै आधिकारीक श्रोतबाट मिडियाको जिमेलमा आएका हुन् ।
अहिले रविन्द्र अधिकारीमाथि विपक्षीको एउटै हतियार बनेको छ एनसेललाई फोर जी सेवा सञ्चालन । सामाजिक सञ्जालमा शनिबारदेखि गाई दोहेको बिषय पनि उत्तिकै भाइरल बनेको छ। गाई दुहेको यति सामान्य विषयमा भने प्रवेश नगरौं । रविन्द्रले आधारहीन आरोप भनेको एनसेल प्रकरणकै विषयमा खड्काले पाँच दिनभित्र के भने ? विषय तर्फ लागौं ।
एनसेलसँग रविन्द्रलाई मुछेका नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले नै हुन् । त्यसपछि कास्की क्षेत्र नं. २ मा चुनावी मसला नै यही आरोप बन्यो । कुमार खड्काले कार्तिक २२ देखि २७ गते आईपुग्दा कुरा फेरेको हामी सार्वजनिक समाचारहरुबाट थाहा पाउन सक्छौं ।
- कार्तिक २२ गते – नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रम थियो । त्यहाँ खड्काले एमालेबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका रवीन्द्र अधिकारीलाई भ्रष्टाचारको बाटोमा हिँडेको आरोप लगाएका थिए । उद्घाटन गर्दै उनले भनेका वाक्य थिएः रविन्द्र भ्रष्टाचारको बाटोमा छन् । जनताले यो बुझ्न जरुरी छ कि नेताले जितेर विकासका लागि केहि गर्छन् या त्यो भोटलाई कमाईखाने लाइसेन्स बनाउँछन् ? त्यसैले कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरा खुट्याउन आवश्यक छ ।
यो समाचार पढ्नुहोस्ः रवीन्द्र अधिकारीले एनसेल काण्डमा घुस खाएका खड्काको आरोप
- कार्तिक २६ गते – उनले भोलि नै सार्वजनिक गर्छु भन्दै भने थिएः ‘मैले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु मसंग चिढिएका छन् । र, मलाई यस्तो कुरा नबोल्नका लागि घुमाउरो चेतावनी पनि दिएका छन् । तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन । मसँग प्रमाणहरु छन् । र, केहि दिनमा ती प्रमाणहरु मैले मिडियामा सार्वजनिक गर्नेछु ।’
यो समाचार पढ्नुहोस्ः एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का
यी दुई समाचारहरु www.dnanepal.com मा प्रकाशित छन् ।

प्रमाण सार्वजनिक गर्छु भन्दै पत्रकार सम्मेलन गरेका खड्काले रविन्द्रलाई भ्रष्टाचारी नभनेको जिकिर गरे । अखण्ड नेपाल नामक क्षेत्रीको पार्टी खोलेर समानुपातिकबाट सांसद बन्दै मन्त्री समेत बनिसकेका खड्काले आफैले खण्डन गरे ।
सोमबार काँग्रेस पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर आफुले रविन्द्रले भष्टाचार गरेको भन्दै प्रकाशित समाचार झुटो, भ्रामक भएको बताए । ‘मैले रविन्द्रजीले भष्टाचार गर्नुभयो, हो भनेर भनेका छैन, यस्ता कुरा भ्रामक र तथ्यहीन हुन् ।’
उनले भने — ‘मैले विकास समितिले गरेको निर्णयका कारण एनसेलले तिर्नुपर्ने कर गुमेको कारण त्यसको जवाफ मात्रै मागेको हो, अधिकारीले भष्ट्राचार गरेको र मसंग प्रमाण छ भन्ने गरी समाचार, सामाजीक सञ्जालमा आएका कुरा गलत हुन् ।
खड्का एसनेल प्रकरणका बेला महिला तथा बालबालिकामन्त्री थिए भने विकास समितिको सदस्य पनि थिए । उनले एनसेल प्रकरण बारे रबिन्द्र अधिकारी आफनो समेत मानमर्दन हुने गरी समाचार आएको भन्दै आपत्ति समेत जनाए । ‘दुवै जनाको मानमर्दन गर्ने काम भएको छ, त्यसैले स्पष्ट समाचार सम्प्रेषण गर्नुहुन आग्रह गर्दछु ।’ खड्काले भने ।

GandakNews: News & Views
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो