काठमाण्डौमा श्रीमती हत्या गरी पोखरामा लुकीछिपी बसेका बिक पक्राउ

काठमाण्डौमा श्रीमती हत्या गरी पोखरामा लुकीछिपी बसेका बिक पक्राउ

crime murder

काठमाडौं, २६ कार्तिक / आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् । काठमाडौंको जोरपाटी नयाँ बस्तीमा डेरा गरी बसेका बेला उनले आफ्नी १८ वर्षीया श्रीमती रविना बिकलाई हतियार प्रहार गरी हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि उनलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।

घटना कहिले र पक्राउ बारे पनि थप जानकारी प्रहरीले दिएको छैन । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ