पोखरा, २६ कार्तिक / वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आत्मकथा ‘महभित्रको म’ मा लेख्न धेरै कुरा छुटेको बताएका छन् । लेख्दा लेख्दै धेरै लेखेछु, उनले भने, किताब निकाल्दा धेरै छुट्छ,’ उनले अर्को पुस्तकमा बाँकी कुरा समेट्ने समेत बताए ।
¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले शनिबार पोखरामा आयोजना गरेको अन्तक्र्रियामा उनले भने ‘धेरै भन्न र लेख्न बाँकी छ ।’ पुस्तक अरुलाई लेख्न नदिएर किन आफै लेखेको ? सहभागीको प्रश्नमा उनले थपे, ‘अरुलाई लेख्न दिएको भए अझै मिठो हुन्थ्यो होला, तर मेरो आत्मसन्तुष्टि हुने थिएन ।’
‘पुस्तकको अन्तिम अध्याय छोराले लेखिदिएका थिए, मैले त्यो राखिन, आाफै लेखें, उनले पुस्तक लेखनका सन्दर्भ निकाल्दै भने, छोराले म कसैलाई नि भन्दिन भनेको थियो, तर मेरो मन मानेन,’ उनले भने । अन्तक्र्रियामा कलाकार मदनकृष्णको कलायात्रा, व्यक्तिगत तथा सार्वजनिक जीवनका बारेमा पत्रकार दीपेन्द्र श्रेष्ठले भलाकुसारी गरेका थिए ।
दीपेन्द्रले सोधेको ‘मह भित्रको मह’ सँगसँगै किन आएन ? प्रश्नको जवाफ दिँदै कलाकार मदनकृष्णले भने, ‘जिन्दगी त इन्डिभिजुअल छ नि ।’ तर सँगसँगै पनि पुस्तक आउने उनले सुनाए ।
पुस्तक लेख्दा आफूलाई पोखेको उनले बताए । मेरा जीवनको उतार चढाव लेखेको छु, उनले भने कहीं आँसु पुछ्दै लेखेको छु । जीवन संघर्षको बारे एक सहभागीले सोधेको प्रश्नमा उनले आफू लागेको क्षेत्रमा सक्षम हुन धेरै उपाय हुने र विचार गरेर अघि बढ्न सुझाए ।
कलाकार मदनकृष्णले उक्त आत्मकथा ६ वर्षभन्दा अघिदेखि लेख्न थालेको खुलाए । ‘काठमाडौंकै दीलकृष्ण श्रेष्ठले दिनको १ पाना वा १ लाइन भनेपनि लेख्नुपर्छ भन्थे,’ उनले भने, लेख्दैथिएँ, श्रीमतीलाई क्यान्सर भएपछि छाडिदिए ।
दीपेन्द्रले सोधेको विकसित देशमा जन्मन पाएको भए के बन्नुहुन्थ्यो ? प्रश्नमा उनले भने, ‘म शून्य हुन्थें ।’ त्यसो त उनले किताबको नाम पनि ‘शून्यता भित्रको म’ राख्न खोजेका रहेछन् । अहिलेको नाम राख्न परिवारले नदिएको उनले बताए ।
पोखराको लेकसाइडस्थित होटल स्नोल्यान्डमा भएको कार्यक्रममा उनले पुस्तकको नाम जुराउने किस्सा पनि सुनाए । ‘त्यतिबेला मेरो खुट्टा सुनिएको थियो,’ उनले भने, ‘जोडी हरिवंश आचार्यले पुस्तकको नाम ‘चिना हराएको मान्छे’ राखेको भन्दै परिवारले मेरो पुस्तकको नाम पनि ‘खुट्टा सुनिएको मान्छे’ राख्ने भनेर जिस्काए ।’ छोरीको छोराले ‘एडभेन्चर लाइफ’ सुझाए पनि अन्तिममा ‘मह भित्रको म’ जुराएको उनले बताए ।
यशोदा सुवेदीसँग अन्तरजातीय विवाह गर्दा धेरै दुख झेल्नुपरेको कलाकार श्रेष्ठले बताए । पुस्तकमा आफ्नो जीवनको सुख दुख महसुस गरेर लेखेको भन्दै उनले कतिपय लाइन लेख्दा आँसु पुछ्न परेको सम्झिए ।
‘मह भित्रको म’ पुस्तक एउटा जीवन्त कलाकारको जीवन संघर्ष र सफलताको कथा भएकाले पोखरामा अन्तक्र्रिया गरेको ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए ।
जीवनका विभिन्न उतार चढावबारे ७६ वटा शीर्षकमा २९६ पृष्ठको उक्त पुस्तकले एउटा कलाकारको जीवन पढ्न चाहनेलाई गहकिलो पुस्तक रहेको फाइन प्रिन्टका प्रकाशक अजीत बरालले बताए ।
सम्बन्धित खबर
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध