‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छांै ?’
सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन् ।
करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा अगाडिको गाडी समेत देख्न नसक्ने गरी धुलाम्मे हुने अवस्थामा पुग्दछ ।
सो सडकखण्डको अधिकांश खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्दछ । त्यही सडकको दूरावस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो । अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ । चन्द्रगिरि नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताउनुहुन्छ । स्थानीय समाजसेवीसमेत रहनुभएका नकर्मी भन्नुहुन्छ, “सडक विस्तार र सुधारको विषयमा हिँड्दा हिँड्दै जुत्ता नै फाटिसक्यो, कति नेताका ढोका ढोका चाहारौँ कुरा गरी साध्ये छैन । दश वर्ष भो खै कहिले बन्ला ?”

सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन । क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरि नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन् । विस २०६४ र २०७० का संविधानसभा निर्वाचनमा जस्तै यस पटकको निर्वाचनमा पनि सो क्षेत्र चर्चाको उत्कर्षमा पुगेको छ । कुन दलका कुन उम्मेदवारले मतदाताका मन जिती निर्वाचनलाई आफ्नो पक्षमा ल्याउँछन् भन्ने विश्लेषण चिया पसलदेखि सार्वजानिक स्थानमा आ–आफ्नै रुपमा चल्न थालेको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि नेपाली काँग्रेसका युवानेता राजेन्द्रकुमार (राजन) केसी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुग्नुभएको थियो । तर पहिलो संविधानसभाको निर्वाचनमा युवानेता केसी अध्यक्ष प्रचण्डद्वारा नै पराजय हुनु परेको थियो । निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका कूल ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।
नेपाली काँग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्रीसमेत रहनुभएका केसीलाई नै तेह¥याएको छ । वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन् । खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन् । नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन् । पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन् । उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ ।
ती दुवै उम्मेदवार आन्तरिक निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी रणनीतिका साथ जनताको घरदैलो शुरु गरिसक्नुभएको छ । मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ््नो विजय हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो निर्वाचन लोकतन्त्र चाहने कि साम्यवाद ल्याउने बीचको प्रतिस्पर्धा हो, जनताले लोकतन्त्र र नेकालाई चाहन्छन् ।”
वाममोर्चाका उम्मेदवार शाक्य काठमाडौँका क्षेत्र दशका जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई मत दिने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “नेकपा (माओवादी) र नेकपा (एमाले) पार्टी मिल्दा लोकतन्त्र खतरामा हुँदैन, झन् बलियो हुन्छ ।”
विष्णु नेपाल(रासस)
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो