‘भोटरले नयाँ टेष्ट खोजेका छन्, ‘–विन्दुकुमार थापा (फोटो फिचर)

‘भोटरले नयाँ टेष्ट खोजेका छन्, ‘–विन्दुकुमार थापा (फोटो फिचर)

Bindu

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् ।

बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, २ ९१०का उम्मेदवार गुरु बराल र २९२०का उम्मेदवार विन्दुकुमार थापाले वडा नं ४ गैह्रपाटनमा सभालाई सम्बोधनपछि घरदैलो अभियान शुरु गरेका थिए ।

“पुरानालाई दुई पटक हे¥यौं अब नयाँलाई हेर्ने छौं ”– घरदैलो अभियानकै क्रममा ८४ वर्षिय गणेशबहादुर गुरुङले भने–“चुनावमा अब नयाँ टेष्ट पनि लिनुपर्छ । पुरानो टेष्ट पुरानै भईसक्यो ।” घरदैलो अभियानमा आम सर्वसाधारणको उत्साहले उम्मेदवारलाई उर्जा थपिएको छ ।

“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रदेश सभा क्षेत्र नंं २ ख का उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”

व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे ।

घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds