पोखरा, २३ कार्तिक । काँग्रेसको अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरि बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली काँग्रेस कास्कीले नरेशशंकर पालिखेलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ ।
नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको बताईएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’
पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
कास्की काँग्रेसले वामगठबन्धन गरि कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द निम्त्याउन खोजिरहेको स्थितीमा अनुशासनभन्दा बाहिर गएर यसो गर्ने व्यक्तिलाई काँग्रेसले स्किार्न नसक्ने समेत बताएको छ ।
नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साहि नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध