पोखरा, २३ कात्तिक / नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले प्रतिनिधि सभा सदस्यका लागि आफूलाई अवसर भए पनि प्रदेसमा मुख्य भूमिका निभाउन प्रदेशतर्फ चुनाव लड्न लागेकोे स्पष्ट पारेका छन ।
गुरुङले प्रदेश नं. ४ मा पार्टीको सरकार बने पाँच वर्ष भित्र प्रदेशका हरेक क्षेत्रमा शुद्ध पिउने पानी तथा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उनले बताए । एमाले प्रदेश नम्बर ४ का संयोजक रहेका गुरुङले गृहजिल्ला तनहुँमा स्थानीय सडकहरुको स्तरोन्नती गर्ने योजना रहेको बताए । श्रृंगपथको विस्तार, भिमकाली सडक तथा कृष्ण मार्गलाई स्तरोन्नती गर्ने उनले बताए । शत प्रतिशत साक्षरता प्रतिशत पु¥याउने समेत उनले बताए ।
गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।
मुख्यमन्त्रीको लागि मेरो उम्मेद्बारी
गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दावी गरेका छन । एमालेका प्रदेश नम्वर ४ का संयोजक रहेका गुरुङले आफू मुख्यमन्त्री बन्न प्रदेशसभामा उम्मेदवारी दिएको बताए।
गुरुङ २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निवर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन् नवौं महाधिवेशनपछि स्थायी कमिटीमा छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी चुनावपछि बनेको प्रचण्ड सरकारमा वनमन्त्री भएका थिए ।

सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता