पोखरा, कार्तिक २२ । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ ।
एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले कार्यालय उद्घाटनपछि बोल्दै वाम गठबन्धन नेपालको आवश्यक्ता भएको बताए । उनले चुनावमा वाम एकतालाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन् ।
कास्की क्षेत्र नम्बर २का प्रतिनिधीसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले आगामी निर्वाचनमा वाम गठबन्धनले नै अत्यधिक बहुमतका साथ सरकार निर्माण गर्ने दावी गरेका छन् । उनले देशको आवश्यक्ताले गठबन्धन जुरेको भन्दै देशलाई समृद्धीतर्फ डोहो¥याउने दायित्व पनि गठबन्धनसँग भएको बताए । ‘देशलाई समृद्धी चाहिएको छ । स्थायी सरकार चाहिएको छ । गठबन्धन नगरी बहुमत आउँदैन र स्थायी सरकार पनि बन्दैन, उनले भने–त्यही समृद्धीका र राजनीतिक स्थीरता दिनका लागि गठबन्धन भएको हो ।’
क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार कृष्ण थापाले चुनावमा एमाले माओबादी प्राविधिक हिसावले एक नभएपनि चुनाव लगत्तै पार्टी एकता हुने विश्वास ब्यक्त गरे ।
उनले दुई पार्टीबीच कुनै मतभेद नरहेको भन्दै मिलेर अगाडी बढ्न दुवै पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । थापाले प्रदेशलाई समृद्ध बनाउन आफँु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रम पोखरा १७ का एमाले अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको थियो ।
File Photo
सम्बन्धित खबर
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता