रञ्जन अधिकारी पोखरा, २२ कार्तिक / दुई मोटरसाईकल आपसमा ठक्कर खाँदा एक महिला गम्भिर घाईते भएकी छिन् । बुधबार मध्यान्ह सवा १२ बजे पोखराको मालेपाटनमा ग५प ७०४ नम्बरको निलो पल्सर र ग१२प ७६४५ एभेन्जर ठोक्किएका हुन् ।
एभेन्जरमा सवार पोखरा घारीपाटन निवासी सरस्वती गिरीको अवस्था गम्भिर रहेको छ । उनको अहिले काठमाण्डौ न्युरो हस्पिटलमा उपचार भईरहेको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको थियो ।
पल्सर चालक पोखरा १५ निवासी सुनिल तामाङले विद्युत प्राधिकरण कार्यालय अगाडि एभेन्जर बाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङ सामान्य घाईते छन् । उनको पोखरा सृजनाचोक स्थित मेट्रो सिटी हस्पिटलमा उपचार गरिएको थियो । गिरीलाई भने अस्पतालबाट सिधै काठमाण्डौ लगिएको हो ।
घाईते गिरीको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिरोकिमीदेखि बाग्लुङ बसपार्क जाँदै गरेको पल्सरले विपरित दिशाबाट आईरहेको एभेन्जर बाईकलाई ठक्कर दिएको थियो ।
घाईते गिरीका भाञ्जा सुमन गिरीले चालक तामाङसँग लाईसेन्स नरहेको जनाए । ट्राफिक प्रहरी कार्यालयले पनि लाईसेन्स नभेटिएको तर अनुसन्धान जारी रहेको जनाएको छ । तामाङ वडा प्रहरी कार्यालय बैदाम प्रहरी नियन्त्रणमा छन् ।
घाईते गिरीले धेरै वर्ष अघि देखि नै एभेञ्जर बाईक चलाउँदै आएकी थिईन् । उनले वर्ष दिन अघि मात्रै नयाँ बाईक किनेकी थिईन् ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु