पोखरा, १९ कात्तिक / कास्कीमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभा तर्फ ३ गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तर, कास्की क्षेत्र नम्वर २ ‘ख’मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नरेश शंकर पालिखेको भने उम्मेदवारी फिर्ता भएको छैन ।
निर्वाचन आयोगले तोकेको शनिबार दिउँसो १ बजेसम्ममा नेपाली कांग्रेसका ३ जना बागी उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरेका छन् । निर्वाचन कार्यालय कास्कीका अनुसार कास्की क्षेत्र नम्बर १ का कांग्रेसका बागी उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की, कास्की १ को प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार राम बहादुर केसी र असीम बक्स मियाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
उनीहरुको बागी उम्मेद्वारी फिर्ता भएसँगै कांग्रेसका आधिकारिक उम्मेद्वारलाई थोरै भएपनि राहत मिलेको छ । उम्मेद्वारी फिर्ता लिएकाहरुले कांग्रेसका आधिकारिक उम्मेद्वारहरुलाई आफूहरुको समर्थन रहेको जनाएका छन् ।
त्यस्तै, कास्की क्षेत्र नम्बर १ को प्रतिनीधि सभा सदस्यका उम्मेद्वार एकीकृत राप्रपा राष्ट्रवादीका सञ्जय कार्की र कास्की १ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार नारायण गुरुङले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । यसअघी कास्की १ को प्रदेश नम्बर १ का बाम गठबन्धनका बागी उम्मेद्वार टिकाराम पंगेनीको भने उम्मेद्वारी रद्ध भइसकेको छ । पंगेनी बिरुद्ध सरकारी सेवामा कार्यरत रहेको प्रमाण सहित उजुरी परेपछि उनको उम्मेद्वारी रद्ध भएको हो ।
यसैबीच, निकै चासोको रुपमा हेरिएको कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) बाट वागी उम्मेदवार बनेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी नरेशशंकर पालिखेले चाहीँ उम्मेदवारी फिर्ता लिएनन् । अन्तिम समयसम्म पनि उनको उम्मेदवारी झिक्न पार्टीका शीर्ष नेतृत्व लागि परेको थियो । तर उनी आफ्नो अडानबाट पछि हटेनन् । ‘मैले फिर्ता लिनका लागि उम्मेदवारी दिएकै हैन । कसैले भनेर फिर्ता लिन पनि मिल्दैन, उनले भने–नेतृत्वको निर्णय चित्त नबुझेर उम्मेदवारी दिएको हुँ । अव चुनाव जित्नेतिर लागिरहेको छु ।’काँग्रेसका विभिन्न पदमा रहेर दुई दशक काम गरिसकेका उनलाई पार्टीले कस्तो कदम चाल्छ केहि खुलेको छैन । उनले बालक बालक चुनाव चिन्हपाएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधीसभा सदस्य कास्की ३ का उम्मेदवार दुर्गादत्त तिमिल्सिीना र क्षेत्र नम्बर २ का निर्मल खत्रीको उम्मेदवारी पनि कायम छ । कास्कीमा अव ९५ जना मात्रै उम्मेदवार चुनावी मैदानमा छन् । वाम गठबन्धन विरुद्ध वागी उम्मेदवार बनेका एमाले नेता टिकाराम पगेनीको भने निर्वाचन अधिकृतको कार्यालयले नै अयोग्य ठहर गरि उम्मेदवारी रद्द गरिदिएको थियो ।
हाल प्रतिनिधीसभा अन्तर्गत कास्की १ मा ११ जना, २ मा १३ जना र ३ मा ११ जना उम्मेदवार बाँकी छन् । प्रदेशसभा अन्तर्गत १ (क) मा १२, (ख) मा १०, २ (क) मा ९, (ख) मा १०, ३ (क) मा १० र (ख) मा ९ जना उम्मेदवार छन् ।
यसैबीच, कास्कीमा बागी उम्मेदवारको सामना गर्नुपरेका एकमात्र उम्मेदवार बिन्दुकुमार थापाले आफनो क्षेत्र नं. २ प्रदेश ख तर्फ चुनावी अभियान अगाडि बढाएका छन् ।

पालिखे सबैभन्दा सानो उमेरमा (२८ बर्ष) पोखराका उपमेयर भएका ब्यक्ति हुन् भने सानै उमेरमा काँग्रेसले मेयरको टिकट समेत दिएको थियो । पोखरा नगरका नगरसभापतिमा सचिव हुँदै २ पटकसम्म सभापति र पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत भैसकेका छन् ।
४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा चुनाव लडेर पराजीत भएका उनी काँग्रेस कास्कीको जिल्ला कोषाध्यक्ष र सचिव समेत भैसकेका थिए । त्यसपछि लगातार २ पटक महासमिति सदस्य भएका पालिखे हाल पार्टीको महाधिबेशन प्रतिनिधी छन् । उनी २०४६ सालमा एमविए तर्फ नेपाल टप भएर गोल्ड मेडल समेत जितेका थिए । पालिखेलाई पार्टिले सम्पत्तिको रुपमा लिनुपर्ने भन्दै केही नेता तथा कार्यकर्ताले उम्मेदवारी सही भएपनि पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाए । ‘वहाँ काँग्रेसको सम्पत्ति हो । चित्त नबुझे पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, पार्टीका एक नेताले भने–यस्तो बिषम परिस्थीतीमा वागी उम्मेदवार बन्दा पार्टीलाई त घाटा हुन्छ नै । वहाँ स्वयंलाई पनि फाईदा हुँदैन ।’ तर उनले फिर्ता लिएनन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो