गण्डक न्युज पोखरा, १९ कार्तिक / अब पोखराको चोकमा रहेका सबै शालिकहरु पार्कमा राखिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले यही योजनाका साथ पोखराको पृथ्वीचोक स्थित लखन थापामगरको शालिक रहेको आइल्याण्ड हटाएको थियो । तर मगर संघ सहित आदिवासी जनजाति संघको दबाबका कारण आकार सानो बनाएर निर्माण कार्य सुरु भएको थियो । अहिले सकिनेबेला यो काम पनि रोकिएको छ ।
एक दिन शालिक छोपिएकोमा फेरि अहिले खोलिएको छ । सुरक्षाकर्मीले सुरक्षा दिएका छन् । पृथ्वीनारायण शाहको शालिक स्थापना गर्नुपर्ने माग राखी आन्दोलन गर्दै आएको पृथ्वीनारायण साह शालिक पुनःस्थापना संघर्ष समितिले महानगरपालिका अगाडि नै अनसन बसेपछि अनसन टुंग्याउन अर्को सहमति गरेको हो ।

समिति र महानगरपालिकाबीच पोखराका सबै चोकका शालिकहरु छुट्टै पार्कमा राख्ने सहमति भएको थियो । बुधबार सहमति भए पनि अनशन भने तोडिएको थिएन । सहमति अनुसार काम नगरेको बताउँदै बिहीबारदेखि पोखरा महानगरपालिकाको मुल गेटमा समितिले चाबी लगाएपछिपृथ्वीचोकमा भइरहेको सहिद लखन थापाको शालिक पुननिर्माण रोकिएको थियो ।

तालाबन्दीपछि थापाको शालिक पुनःनिर्माण रोकिएलगत्तै अनशन तोडिएको पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समितिका अध्यक्ष शंकर खरालले जानकारी दिए । पोखराको चोकमा भएका शालिक पोखरा१८ को जामुनाबोटमा १ सय रोपनी क्षेत्रफलमा राष्ट्रिय विभूति एवं सहिद पार्क बनाउने सहमति भएको छ । पृथ्वीचोकमा निर्माणाधीन रहेको शहिद थापाको शालिक वरिपरिको बार हटाउने सहमतिसमेत भएको संघर्ष समितिले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ भित्र पार्क निर्माण गरेर थापाको शालिक हटाउने सम्झौता भएको छ, खरालले भने । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना संघर्ष समितिका अध्यक्ष शंकर खरालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । शालिक स्थापना गर्ने जामुनेबोटमा विकासको पूर्वाधार नभएको कारण पार्क बनाउनसमय लाग्ने संघर्ष समितिले बताएको छ ।
पोखराका अन्य चोकमा भएका शालिकहरु पनि उक्त स्थानमा स्थानान्तरण गरिने छ । शालिक निर्माणमा लाग्ने सम्पूर्ण खर्च महानगरपालिका व्यहोर्ने छ ।
संघर्ष समितिले २० गतेसम्म अनशन बस्ने २० गते महानगरपालिकाको परिसरमा राँके जुलुस बाल्ने र कात्तिक २१ गतेदेखि अनिश्चतकालीन पोखरा बन्द गर्ने भएको सार्वजनिक गरेको कार्यक्रम फिर्ता लिएको छ ।
यसअघि आदिवासी जनजातिसँग पोखरा लेखनाथ महानगरपालिकाले यस्तो सहमति गरेको थियो ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो