रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका थिए । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, , प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए ।
आक्रोशित भिडले प्रहरी र सिडिओ विरुद्ध नाराबाजी लगाउँदै अस्पताल प्रशासनसँग मिलेमतो गरेको आरोप लगाए । सवारी चलाएको भन्दै पत्रकारमाथि पनि आक्रोशित भिडका केहिले दुव्र्यवहार गरेका थिए । पत्रकार ईश्वरी पौडेलमाथि खनिएका थिए । पाका व्यक्तिहरुले समाचार संकलनमा आएका पत्रकार हो भनेर कुरा बुझाएपछि घटना साम्य भयो ।
(हेर्नुहोस् भिडियो)
https://youtu.be/iyWnu6aMbZQ
शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले भने खण्डन गरेको छ ।
शनिबार मध्यान्ह ठूलो हुलले अस्पताल गेटबाट भित्र छिरी तालाबन्दी गर्ने प्रयास असफल भयो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर पनि जलाए । प्रहरीले पछि निभाएका थिए । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुई जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुखहरु समेत आएर भिड तितरबितर बनाएका थिए ।

गत कार्तिक १० गते शुक्रबार बेलुकी जिएमसी पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । मृत्युको खबरपछि आक्रोशित आफन्तले शुक्रबारदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । अस्पतालनै बन्द गरेका उनीहरुले पछि मात्रै खोलेका थिए । कास्कीका सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनीहरुको गुनासो छ ।
आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। शल्यक्रिया डा. टीका गुरुङको टीमले गरेको जेठाजु राजन अर्यालले बताए । अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् । सकुशल जन्मेका छोरा पोखरा नागढुंगा स्थित आफन्तकहाँ छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुन सकेको छैन । सहमति नभएसम्म शव नबुझ्ने उनीहरुले बताएका छन् ।
Cover Pic. Samacharpati
http://gandaknews.com/gmc-case/
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो