रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / पोखराको छोरेपाटनबाट केहि टाढा, एकान्त र रमणीय स्थान । पुम्दीभुम्दी लुकुमस्वाँरा स्थित भिरालो पाखा । सुविधासम्पन्न होटलकै झल्को दिने संरचना चिटिक्क पारिएको छ । केही दर्जन युवायुवतीहरु फुरुक्क छन् । आमन्त्रण गरिएका पाहुनालाई चिसो पेय पद्धार्थ दिएर गेटबाटै स्वागत गर्दै छन् । पाखोबारीमा खानका लागि व्यवस्था छ । उनीहरु कोहि पेयपद्धार्थ हाल्दै छन्, कोहि मःम, समोसा देखि विभिन्न थरीका मासु पोल्न ब्यस्त छन् ।
बुधबार अपरान्ह पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दीभुम्दीको लुकुमस्वाँराको कच्ची सडकमाथि पाखोमा यस्तै चहलपहल देखियो । सुविधासम्पन्न रेष्टुरेन्ट जस्तो यो संरचना व्यवसायिक रेष्टुरेन्ट भने होईन । होटल रेष्टुराँमा काम गर्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालानार्थ यहाँ यस्तो संरचना बनेको हो । बुधबार अतिथिलाई स्वागतार्थ खाने परिकारहरु सबै त्यहाँ तालिमरत प्रशिक्षार्थीहरुले नै बनाउँदै थिए ।

बालअधिकारको क्षेत्रमा क्रियाशील संस्था राईट फर चिल्ड्रेनको यो भवन कठिन परिस्थितिमा रहेका युवाहरुलाई होटल तालिम कार्यक्रम सञ्चालानार्थ प्रयोग हुनेछ । अहिले यसको सबै व्यवस्थापन राईट फर चिल्ड्रेनको सहकार्यमा काठमाण्डौं स्थित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजले लिएको छ । उसकै प्रशिक्षण र व्यवस्थापनमा अब होटलसम्बन्धी सम्पूर्ण कक्षाहरु सञ्चालन हुनेछ । तर विपन्न विद्यार्थीलाई लक्षित गरी यहाँ यसरी तालिम स्थल बनेको हो । सात रोपनी जग्गामा दुई करोड लागतमा त्यहाँ भवन लगायतका संरचना ठडिएको छ । सम्पूर्ण लागतको जिम्मा ओएनजिडी फनेल नामक संस्थाले लिएको छ ।
राईट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेलका अनुसार हाललाई ३५ जना विपन्न परिवारका विद्यार्थीहरु अहिले तालिमरत छन् । केहि समयमै पाँच जना थपिनेछन् । पोखरा लगायत स्याङ्जा काठमाण्डौंदेखिका विद्यार्थीहरु त्यहाँ छन् । पारिवारिक पृष्ठभूमि निकै दयनीय रहेका, १८ वर्षदेखि २५ वर्ष उमेर समूहका, पढ्न नसकेका युवायुवतीले विपन्न सिफारिस पत्रका साथ सम्पर्क गर्नुपर्नेछ । जति पढेको भएपनि मान्य हुनेछ ।

होटल तथा हस्पिटालिटी अन्तर्गत कुक, वेटर लगायत सम्पूर्ण कोर्स हुन्छ । तीन महिनाको आधारभूत तालिमसँगै ६ महिना होटलमा नै लगेर प्रयोगात्मक तालिम हुनेछ । भविष्यमा साझेदार होटल मुभनपार्क होटल एण्ड रिसोर्ट अन्तर्गतका विभिन्न देशका होटलमा समेत काम गर्ने अवसर पाईनेछ । यो होटल गल्फ देशहरुमा फैलिएको निकै चर्चित होटल हो ।
राईट फर चिल्ड्रेन बाल शिक्षा, संरक्षण र जिविकोपार्जनमा समर्पित छ । बालमैत्री विद्यालय स्थापना, भूकम्प प्रभावित क्षेत्रमा विद्यालय निर्माण देखि जिविकोपार्जन अन्तर्गत यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गेट कलेजकी योजना निर्देशक मेघा श्रेष्ठ प्रधानले भविष्यमा रेष्टुराँ नै सञ्चालन गर्ने बताईन् । प्रशिक्षार्थीलाई व्यवहारिक सीपको लागि यो खाँचो हुने र पोखराबाट केहि टाढा गाउँ जस्तो लाग्ने रमणीय स्थानमा राम्रो तरिकाले रेष्टुराँ चल्नेमा आफू आशावादी रहेको उनले सुनाईन् ।
भवनको बुधबार एकसमारोहबीच औपचारिक शुभारम्भ गरियो । कार्यक्रममा मुभनपिक होटल एण्ड रिसोर्टका अध्यक्ष तथा सिईओ जिन ग्याब्रेल पेरेस, राईट फर चिल्ड्रेनका डुगलस म्याग्लागन, ओएनजिडी फेनलका बोर्ड मेम्बर पल गेडिट्ज लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो