रञ्जन अधिकारी पोखरा, १६ कार्तिक / ‘दुई पटक नाम दर्ता गर्दा दस्तखत गरेको कलम हो । ल है’ उम्मेदवारी दर्ता गर्ने क्रममा माओवादी केन्द्रका राजकाजी गुरुङ करणले कलम समात्नासाथ एमाले नेता रविन्द्र अधिकारीले फ्याट्टै भनिहाले । करणले दस्तखत गर्न लागेको त्यो कालो मसीको पाइलट पेन रवीन्द्र अधिकारीको थियो ।
सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको प्रांगणमा कास्की क्षेत्र नंं २ को उम्मेदवारी दर्ता चल्दै थियो । प्रतिनिधिसभा सदस्यका लागि सबैभन्दा पहिले बाम गठबन्धनका तर्फबाट अधिकारीले नै उम्मेदवारी दर्ता गरे । त्यसपछि क्षेत्र नं. २ क प्रदेश सभा सदस्यमा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले उम्मेदवारी दर्ता गरे । क्षेत्र नं. २ ख मा माओवादीका तर्फबाट करणले प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने क्रममा केहिबेर हाँसीमजाक नै चल्यो । ‘हो क्या, कस्तो संयोग, यही कलम हो ।’ अधिकारीले यति भन्दा करण मुसुमुसु हाँस्दै थिए ।
एमाले नेता अधिकारीले यस कलमबाट दस्तखत गरे जीत सुनिश्चित छ भन्ने इंगित गर्न खोजेका थिए । दुई पटकसम्म सोहि कलमले उम्मेदवारी दर्ता फाराममा दस्तखत धस्काएका अधिकारी दुवै पटक विजयी भएका थिए । २०६४ सालमा र २०७० सालको दुई पटकको संविधानसभा निर्वाचनमा उनले सहजै जीत हात पारेका थिए । पहिलो संविधानसभामा निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा माओवादीका नेता झलकपाणी तिवारी थिए भने दोस्रो संविधानसभामा काँग्रेसका पुराना नेता शोभियत बहादुर अधिकारी । करणले पनि कास्की क्षेत्र नंं. २ बाट पहिलो संविधानसभा निर्वाचन जितेका थिए ।

नजिकै जिल्ला समन्वय समिति कार्यालय प्रांगणमा भिडभाड थियो । कोहि खुल्ला चौरमा राजनीतिक गफ चुट्न व्यस्त थिए । पत्रकारहरु पनि चौरमा बसेर उम्मेदवारहरुको प्रतिक्षामै थिए । जिल्ला समन्वय समितिमा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि जगत विश्वकर्मा उम्मेदवारी दर्ता गर्दै थिए । बीचमा प्रदेश सभाका लागि क बाट माओवादीका रामजी बराल जीवन थिए । ख तर्फ एमालेका राजिव पहारी उम्मेदवारी दर्ता गराउँदै थिए । पोखरा उपत्यका नगर विकास समितिको हलमा क्षेत्र नं. १ को उम्मेदवारी दर्ता भईरहेको थियो । बाम गठबन्धनका सबै एकैपटक हलमा छिरे । पूर्व मन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारी ढोकामा छिर्ने बेला मेरो प्रस्तावक समर्थक को हो हुन् भन्दै थिए । पुराना नेता श्रीनाथ बराल खै म पनि सँगै छु भन्दै हँसाउँदै थिए । मेयरमा पनि मतदानका कारण नसमेटिएका उनी यस पटक पनि मतदान भएपछि जिल्लाबाट सिफारिसमै नअटाएका नेता हुन् । पूर्व सांसद चुडामणी जंगली बिक खादा भिरेरै अधिकारीसँगै थिए । मानबहादुर जिसी र तेजकुमारी पौडेलको प्रस्ताव, समर्थनमा उनले उम्मेदवारी दर्ता गरे ।

नजिकै प्रदेश नं. १ क प्रदेश सभाका लागि माओवादीका दीपक कोईराला र ख तर्फबाट एमालेका मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गरे । केहिछिन पछि नयाँ शक्तिका तर्फबाट सौगात पोखरेल लगायतले उम्मेदवारी दर्ता गरे ।
बाम गठबन्धनका उम्मेदवारले दर्ता गरेर निस्कनासाथ काँग्रेसका नेताहरु प्रवेश गरे । बहालवाला कानुनमन्त्री यज्ञबहादुर थापा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले दर्ता गराएकै टेबलमा बसेर नाम दर्ता गरे । कास्की क्षेत्र नं. १ को क प्रदेश सभामा जीवन परियार र ख मा जिल्ला सभापति कृष्ण केसीले उम्मेदवारी दर्ता गरे ।
पूर्व सांसद शारदा पौडेल र विन्दुकुमार थापा भने बाटैमा अलमलिए । दुवै जनासँग एकपछि अर्को गरी सेल्फी खिच्ने भिडमै उनीहरु रुमल्लिए । क्षेत्र नं. २ को दर्ता स्थल सहकारी भवनतिर लाग्नुपर्नेमा थापा पौडेलकै पछि पछि जिल्ला समन्वय समिति तर्फ छिरे । पछि मात्रै उनी फर्केर गएका थिए । क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका लागि शुक्रराज शर्मा भने अगाडि नै छिरेर नाम दर्ता गराउँदै थिए । सो क्षेत्र को क प्रदेश सभाका लागि शारदा पौडेल र ख तर्फ भोजबहादुर गुरुङ सिकन्दर उम्मेदवार छन् । क्षेत्र नंं २ को प्रतिनिधि सभाका लागि देवराज चालिसे आफ्ना निकटका साथ उम्मेदवारी दर्ता गरे । क तर्फ गुरु बराल र ख तर्फ विन्दुकुमार थापाले प्रदेश सभा सदस्यका लागि काँग्रेसबाट उम्मेदवारी दर्ता गरे । यसअघि नै, काँग्रेसका नेता नरेशशंकर पालिखेले थापा विरुद्ध उम्मेदवारी दर्ता गरिसकेका थिए ।
उम्मेदवारी दर्ता अघि बाम गठबन्धन र काँग्रेस दुवैले बाजागाजा सहित ठूला ठूला झण्डा बोकेर ¥याली सहित दर्तास्थल आएका थिए । नेकपा एमालेको पार्टी कार्यालय शान्तिबन र माओवादीको पार्टी कार्यालयबाट निस्केको ¥याली सिर्जनाचोकमा मिसिएर संयुक्त रुपमा उम्मेदवारी दर्ता स्थल पुगेको हो भने काँग्रेसको ¥याली पोखरा सभागृहबाट सुरु भएको थियो । उम्मेदवारी दर्ता सकिएपछि बाम गठबन्धनले रत्नचोक पुगेर संयुक्त सभा ग¥यो भने काँग्रेसले रत्नचोकमा सभा आयोजना ग¥यो । दुवै सभामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले बोले ।
पार्टीबाट टिकट पाउनेहरु हर्षोल्लाषका साथ उम्मेदवारी दर्ता गर्दा टिकट पाउन नसकेकाहरु भने कोहि बागी उठे त कोहि सहभागी नै भएनन् । नेकपा एमालेका तर्फबाट जिल्लाबाटै बढारिएकाहरु पनि खुशीसाथ सहभागी भएको देखिन्थ्यो । श्रीनाथ बराल, सीता गिरी ओली दर्ता स्थल नै पुगे । तुलबहादुर गुरुङ पार्टी कार्यालयमा देखिन्थ्यो । काँग्रेसबाट भने बागी उम्मेदवारी दर्ता गर्न पुगेका पालिखेबाहेक देखिएन । तारानाथ रानाभाट स्वयं अस्वस्थ छन् । महादेव गुरुङ, शोभियतबहादुर अधिकारी, मनोज गुरुङ, रामचन्द्र त्रिपाठी, रंगीला आचार्य कोहि देखिएनन् । माओवादीका पुराना नेता झलकपाणी तिवारी, विश्वप्रकाश लामिछाने पनि देखिएनन् । कास्कीमा तामझामका साथ पुगेर नेताहरुले उम्मेदवारी दर्ता गरेका छन् । निकै सौहार्द वातावरणमा उनीहरु चुनावी मैदानमा होमिएका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो