नेपाल आइडल बुद्ध लामालाई कार, २० लाख, निशान १५ लाख, प्रतापलाई १० लाख

नेपाल आइडल बुद्ध लामालाई कार, २० लाख, निशान १५ लाख, प्रतापलाई १० लाख

Buddha Lama 2

काठमाडौं, १० कार्तिक / अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ।

बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ।

गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्‍यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो। नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds