पाेखरा, ४ आश्विन/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ ।
प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने प्रतियोगितामा यस वर्ष झापा ११, मोरङ, रुपन्देही र सुदूरपचिश्मलाई थप समावेश गरिएको छ ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले कास्की जिल्ला फुटबल संघलाई निमन्त्रणा गरे पनि भाग नलिएको बताएका छन् । तर एन्फा कास्की अध्यक्ष धर्मसिंह लामिछानेले आफूहरुलाई खबरै नगरेको गुनासो गरेका छन् ।
उनले भने, ‘मलाई भर्खरै तपाईंले सुनाएर ए डिभिजन लिग हुने थाहा पाएको छु, केन्द्रबाट कहिले चिठी आएको छ, मलाई थाहा छैन, थाहा हुनलाई खै त पत्र ?’ उनले संघ कास्कीलाई अहिलेसम्म जानकारी नआएको हुँदा आफ्नो कमजोरी नभएको बताए ।
केन्द्रीय अध्यक्ष श्रेष्ठले भाग नलिनु कास्कीकै समस्या भएको दाबी गरे ।उनले भने, ‘हामीले प्रत्येक वर्षमा हुने प्रतियोगितामा भाग लिन अनुरोध गर्दै आएका छौं । हरेक वर्ष उहाँहरुलाई बोलाउने गर्छौं तर, आउनु हुँदैन ।’
सकेसम्म धेरै खेलाडीको बीचमा प्रतियोगिता गराउने योजना हुँदा–हुँदै पनि आफूहरुले नसकेको उनले सुनाए ।‘कास्कीका खेलाडीले भाग लिए हामी अझै खुसी हुने थियौं,’श्रेष्ठले भने ।
४ वर्षअघि कास्की जिल्लाका खेलाडी संगम क्लबको तर्फबाट भाग लिएका थिए । उक्त समयमा संगम क्लब फाइनलमा समेत प्रवेश गरेको थियो । त्यसपछि कास्की जिल्लाका तर्फबाट शहीद स्मारक ए डिभिजन खेलमा कुनै टिमले पनि भाग नलिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एन्फा कास्की अध्यक्ष लामिछाने अहिलेसम्म आधिकारिक चिठी नआएको बताउँछन् । उनले अघिल्ला खेलहरुमा पनि केन्द्रले कुनै सहयोग नगरेको दुखेसो पोखे । ‘ए डिभिजन खेल खेलाउन धेरै खर्च लाग्छ । खर्चको व्यवस्था केन्द्रले गर्नुपर्ने हो तर गर्दैन,’ उनले भने, ‘कोकाकोला कपमा भएको खर्च पनि हालसम्म हामीलाई उपलब्ध गराएको छैन ।’
अखिल नेपाल फुटबल संघ कास्कीका प्रशिक्षक शम्भु केसीले उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि खेलमा सहभागिता नभएको दुखद भएको बताए । पोखरालाई प्रदेश नं ४ को राजधानी मात्र नभइ खेलकुदको राजधानी बनाउने नारा लाग्दै आएको छ । तर, कास्कीका खेलाडीले क्षमता हुँदाहुँदै राष्ट्रिय लिग खेल्न पाएका छैनन् । कास्कीका फुटबलप्रेमी केन्द्रको रबैयाप्रति निरास छन् ।
राष्ट्रिय फुटबल टिमका क्याप्टेन अनील गुरुङ लिगबाट बञ्चित हुँदा खेलाडीको भविष्यमा सिधै असर पर्ने बताउँछन् । उनले भने,‘लिग नै खेलाउन सक्ने कास्कीबाट एउटा समूह पनि भाग लिन नपाउनु दुखद हो ।’ यस्तो समस्याको समयमै हल हुनुपर्ने उनले बताए ।
पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङले केन्द्र र जिल्लाको समन्वय हुन नसक्दा खेलाडीहरु अन्यायमा परेको बताए । तामाङले अघिल्ला वर्षको समस्यालाई लिएर यस वर्ष केन्द्रले कास्कीलाई प्रतियोगितामा समावेश गराउन नखोजेको आरोप लगाए ।
अघिल्लो वर्ष कास्कीले एन्फाको प्रतियोगितालाई विरोध गरेको थियो । उनले भने, ‘अरुअरु जिल्लासँगकेन्द्रको समन्वय भएता पनि भित्री रुपमा संघहरु मिल्न नसक्दा सिंगो कास्की नै अपमानित हुनुपरेको छ ।’
कास्कीका खेलाडीहरु झापा, सुदूरपश्चिम लगायत अन्य समूहबाट खेल्न लागेको जानकारी प्रशिक्षक केसीले जानकारी दिए । अघिल्ला प्रतियोगितामा थ्रीस्टार, फ्रेन्डस्, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी (एपिएफ), मनाङ मस्याङदी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबबीच प्रतियोगिता हुँदै आएको थियो ।
सुरेशराज अधिकारी/समाधान
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो