प्रकाशचन्द्र सापकोटा, पोखरा, २१ साउन। पोखरा बस व्यवसायी समितिले प्रदान गर्दै आएको ‘यातायात पत्रकारिता पुरस्कार’ बाट यस वर्ष युवा पत्रकार रञ्जन अधिकारी सम्मानित भएका छन् । समितिको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा युवा पत्रकार अधिकारीलाई सम्मान गरिएको हो।
अधिकारीलाई प्रमुख अतिथि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, पोखरा बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष देउप्रसाद गुरुङ, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले अधिकारीलाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।
पोखरामा नौ वर्ष अघिदेखि पत्रकारिता गरिरहेका अधिकारी आदर्शसमाज दैनिक र बिग एफएममा कार्यरत छन् । त्यसअघि पाँच वर्ष रेडियो अन्नपूर्णमा कार्य गरेको अनुभव छ । अधिकारी नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।

पुरस्कार छनौट समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको माध्यमबाट यातायात संघसंस्था, व्यवसायी, मजदुर तथा आम उपभोक्तालाई सु–सुचित, सचेत एवं जिम्मेवार बनाउन पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको बताए । ज्ञवालीले भने– ‘लामो समयदेखि पत्रकारिता गरेका युवा पत्रकार अधिकारीले यातायात क्षेत्रको समस्या, विकृति, सडक सुरक्षा, व्यवस्थित पार्किङ, उपभोक्तामुखी समाचार लेखे स्वरुप छनोट समितिले पुरस्कारको लागि सिफारिस गरेका हौं ।’ ज्ञवालीले यातायात व्यवसायीबीचको असमझदारी अन्त्य हुनुपर्ने, सेवामुखी बन्नुपर्ने, यात्रुसँग राम्रो व्यवहार गर्नतर्फ जोड दिएका थिए ।
सम्मानित भएपछि अधिकारीले पुरस्कारले पत्रकारितामा अझै सशक्त भएर लाग्न प्रेरणा मिलेको बताए । आफ्नो वुवा पनि मजदुर भएको स्मरण गर्दै उनले मजदुरको छोराले व्यवसायीले स्थापना गरेको पुरस्कार पाउदै आफू झनै हर्षित भएको स्मरण गरे। ‘यातायात मजदुरकै छोरो हुँ । पेशागत जीवनमा पहिलो पुरस्कार पनि यातायात सम्बन्धित नै प्राप्त हुँदा असाध्यै खुशी लागेको छ ।’ उनले थपे– ‘यसले जिम्मेवारी थपेको छ ।’

सम्मानित व्यक्तित्व अधिकारीले यातायात क्षेत्रका समाचारले प्राथमिकता पाउन कि दुर्घटना, कि त सडक बन्द वा सिण्डिकेटको आरोप लागेको हुनुपर्ने प्रचलन रहेकाले मुलुकको राजश्वमा ठूलो योगदान गर्ने यातायात क्षेत्रको समस्या व्यवसायी आफैले हल गर्ने, राज्यको ध्यानाकर्षण गराउन सुझाव दिए । उनले यात्रु ठगेको, व्यवसायीबीच असमझदारी बढेको, सडक बन्द गरेको जस्ता समाचार लेख्ने दिन पत्रकारलाई नआओस् भन्ने अपेक्षा राख्दै समितिमा राम्रो नेतृत्व चयन होस् भन्ने शुभेच्छा प्रकट गरे ।
समितिले पोखराको पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्दै यातायातको क्षेत्रमा काम गर्दै आएको पत्रकारलाई प्रत्येक वर्ष संघको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ। सो अवसरमा उत्कृष्ट चालक, कर्मचारी, एसएलसीमा उत्कृष्ट अंक ल्याउने व्यवसायी, मजदुरका छोराछोरीलाई सम्मान गरिएको थियो।
[अर्काइभ] २१ साउन २०७३
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो