पोखरा, ६ पुस । पोखराको बागबजारमा जन्मेका बुद्धिबहादुर श्रेष्ठले चार दशक अघि परिवारको जिविकाका लागि मिठाई पसल थालेका थिए । २०३० पुस ५ गते थालेको त्यो व्यवसाय अहिले विस्तारित हुँदै नेपालकै एक स्थापित औद्योगिक घरानाको रुपमा स्थापित भएको छ । बुद्धिबहादुर आफै त अहिले व्यवसायमा छैनन् तर उनका भाइ, छोरा र भतिजहरुले व्यसासायलाई सफलताको चुलीमा लैजाँदैछन् ।
त्यही व्यवसायिक घराना लक्ष्मी ग्रुपले शनिबार पोखरामा स्थापनाको ४१ औं वर्ष मनाएको छ । स्थापना दिवसको अवसरमा उक्त ग्रुपले झण्डै दुई करोड रुपैयाँ सामाजिक सेवामा सहयाेग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसका लागि ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीमा बहुउद्धेश्यिय सभाहल निर्माणका लागि १६ लाख र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई ३० लाख रुपैयाँ पर्ने एम्बुलेन्स प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे । महासंघको तर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली र समितिको तर्फबाट उपाध्यक्ष योगेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए ।
२०३० पुस ५ मा लक्ष्मी मिठाईं भण्डारबाट व्यवसाय थालेको ग्रुपमा हाल सुजल डेरी, सुजल फुड्स, लक्ष्मी कन्सफेन्सनरी, जया कन्फेक्सनरी, जया प्याकेजिङ जस्ता उद्योग संचालित छन् । नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल पनि यसै ग्रुपको हो । यो वर्ष मात्रै ग्रुपले सामाजिक सेवामा दुई करोड रुपैयाँका हाराहारीमा खर्च गरेको अध्यक्ष श्रेष्ठले बताए । लक्ष्मी ग्रुपपले पर्यटन क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको छ ।
शनिबार नै लेखनाथको लामेआहालमा रहेको वृद्धाश्रममा फलफुल तथा ५० थान ब्लाकेंट वितरण गरिएको छ भने पोखराको बागबजारस्थित ग्रुपको केन्द्रिय कार्यालयमा रक्तदान समेत सम्पन्न भएको छ । श्रेष्ठका अनुसार, शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल अपांग महासंघलाई ५० थान ह्विल चेयर, बाल मस्तिष्क पक्षघात केन्द्रले संचालन गर्ने शैक्षिक संस्थाका लागि २० लाख रुपैयाँ र ब्रिटिस काउन्सिलसँग मिलेर शैक्षिक विकासका लागि १२ रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसैगरी, तराईमा शितलहरबाट प्रभावितहरुको सहयोगको लागि न्यानो संसार नामक संस्थासँग मिलेर पाँचसयवटा ब्लांकेट पनि प्रदान गर्न लागेको अध्यक्ष श्रेष्ठले सुनाए ।
धर्मशास्त्रहरुमा कमाइको केही अंश दान गर्नुपर्छ भन्ने उल्लेख गरेको र आफू पनि धार्मिक स्वभावको भएकाले यो सानो सहयोग गरेको उनले उल्लेख गरे । आफूहरुले प्रदान गरेको सहयोगको सही सदुपयोग भए आफूलाई सन्तुष्टि मिल्ने उनले बताए । चार दशकअघि थालेको सानो प्रयासबाट अहिले यो अवस्थामा पुग्नुको पछाडि मेहनत र इमान्दारिता प्रमुख कारक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको पत्रकारिताको विकासमा लक्ष्मी ग्रुपको योगदान अतुलनीय रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधानले ग्रुपले प्रदान गरेको एम्बुलेन्सको सदुपयोग गरी खासगरी दीनदुःखीहरुको सेवामा लगाउने प्रतिबद्धता जनाए ।
लक्ष्मी ग्रुपले नेपालको खेलकुदको विकासका लागि मनाङ मर्स्याङ्दी क्लबकाे फुटबल टीमलाई प्रायोजन गर्दै आएको छ । तीन वर्षसम्म पोखरामा जारी सफल कपको मुख्य प्रायोजन पनि यही ग्रुपले गरेको थियो । यसैगरी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गाैला उपचारको लागि डायलासिस सेन्टर र बिरामी कुरुवा कक्ष निर्माणको लागि लक्ष्मी हासउले आर्थिक सहयोग गरेको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालयबाट व्यवस्थापन संकायमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई लक्ष्मी विद्या पदक र लक्ष्मी स्वर्णपदक पनि प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
गण्डकी विश्वविद्यालयले दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिता गर्दै
अलकापुरको रक्तदानमा ४८ युनिट संकलन
कालीगण्डकी कपको उपाधि वडा -७ लाई
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ होः मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा