पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्माको अनुहारमा विद्यार्थीहरुले कालोमोसो दलिदिएका छन् । मंगलबार दिउँसो काठमाडौँको चोभारमा रहेको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको समूहले शर्माको अनुहारमा कालोमोसो दलिलिएका हुन् ।
उनलाई नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अन्तरगतको ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले कालोमोसो दलेको प्रत्यक्षदर्शीको भनाई छ ।
शर्मा विगत १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा गएका थिएनन् ।
आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिइ प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु शर्मासँग आक्रोशित भएका थिए । मंगलबार मात्रै नियमविपरित भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
राजधानीको मध्यवानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा नेविसंघका निवर्तमान केन्न्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको थियो । विद्यार्थीहरुले नियमविपरित भर्ना गर्ने कलेजमाथि कारबाही माग गर्दै काठमाडौँ र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन् । सोमबार मात्रै पोखरामा प्रदर्शनमा उत्रिएका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
विद्यार्थीको आन्दोलनकाबीच पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ । सोमबार करिब ४५ जना विद्यार्थीले परीक्षा दिन पाएनन् । मंगलबार पनि करिब एक सय जनाले परीक्षा बहिष्कार गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला