पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एकै रफ्तारमा भईरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस विमानस्थलको निर्माण सुरुभएको सात महिनामा ६ प्रतिशत भौतिक काम सम्पन्न भएको छ ।
विमानस्थलका इन्जिनियर सञ्जीव खड्काका अनुसार विमानस्थल क्षेत्रमा यतिवेला पहिलो चरणको निर्माणअन्तर्गत विमानस्थलले ओगट्ने भूभाग सम्याउने काम भइरहेको छ । विमानस्थलको चिनियाँ निर्माण कम्पनी सिएएमसीले गत १८ साउनदेखि निर्माण थालेको थियो ।
यस्तो बन्नेछ पोखरा विमानस्थल

.

.

.

बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया चलिरहेको बेला प्रतिनिधिसभा सांसद रविन्द्र अधिकारीले पनि विमानस्थल क्षेत्रको निरीक्षण गरिसकेका छन् । विमानस्थल निर्माणका लागि सहयोग गर्न गठित उच्चस्तरीय सहयोग समितिका संयोजक भएर लामो समय अगुवाई गरेका सांसद अधिकारीले अब स्थायी सरकारसँगै निर्माण कार्यले तिब्रता पाउने बताए ।
https://www.facebook.com/gandaknews/videos/768872076638380/
मंगलबार प्रदेश–४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान विमानस्थल पुगेर निर्माण प्रक्रियाकाबारे जानकारी लिएका छन् । विमानस्थल निर्माण सबैको चासोको विषय बनेको भन्दै मन्त्री चुमानले तोकिएको समयभित्र निर्माण कार्र्यसम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । तोकिएकै समयमा विमानस्थल निर्माण सम्पन्न भए पर्यटनमार्फत यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने चुमानले बताए ।
निर्माण थालिएको ७ महिनामा ६ प्रतिशत काम सम्पन्न भएको पोखरा विनानस्थलका आयोजना प्रमुख बिनेस मोनकर्मीले जानकारी दिए । कम्पनीले यतिवेला विमानस्थल निर्माणपूर्व अति आवश्यक आधारभूत माटो र ग्राउन्डसम्बन्धी काम गरिरहेको छ । त्यसमा विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवनलगायत अन्य संरचना बनाउनुअघि माटो काट्ने र सम्याउने काम दु्रत रूपमा अगाडि बढेको छ । अन्य भौतिक संरचना बनाउनुअघि माटो र भूबनोट (जमिन) को कामलाई प्राथमितकातामा राखिएको छ ।
पहिलो चरणमा जमिनको लेभलिङ र सम्याउने काम चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईमार्फत काम भइरहेको आयोजना प्रमुख मोनकर्मीले बताए । ‘सिएएमसिईले करिब ६ प्रतिशत काम सकिसकेको छ’, उनले भने । ‘वैशाखपछि पूर्वाधार निर्माणको कामले गति लिनेछ ।’ जेठ महिनाभित्र ८० प्रतिशन जमिन सम्याउने काम सक्ने योजना रहेको उनले बताए ।
निर्माण कार्यमा अहिले चिनियाँ ५० र नेपाली १ सय ५० गरी करिब दुई सय जना कामदारले काम गरिरहेका छन् । जमिन सम्याउनका लागि ट्रिपर २६, एक्साभेटर ६, डोजर तनि र रोलर चार वटा प्रयोग भइरहेका छन् । ‘निर्माणलाई थप तीव्रता दिन चीनबाट ल्याइएका थप ४० वटा ट्रिपर, रोलर, एक्साभेटर, डोजर लगायतका निर्माण सामग्री भारतको कोलकाता बन्दरगाहमा आइसकेको आयोजना प्रमुख मुनकर्मीले बताए ।
कम्पनीले कुनै बाधा व्यवधान नभए तोकिएको समयभन्दा ६ महिनाअघि नै विमानस्थल निर्माणको काम पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।
सरकारले सन् २०१४ मे मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । नेपाल सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण तोकिएको समयमा नसके कम्पनीले क्षतिपूर्ति तिर्ने सहमति भएको छ । विमानस्थल इपिसी मोडलमा निर्माण गरिनेछ ।
कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माणको काम अगाडि बढेको हो । पोखराको वडा नं १४ र १८ मा पर्ने झन्डै ३७ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ । सरकारले ०३१ मा ३७ सय रोपनी र हाल ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरेको हो ।
अन्तर्राष्ट्रिय उड्डन संस्था (आइकाओ) को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने विमानस्थलमा बोइङ–७५७ र एयरबस–३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइको हुनेछ ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो