पोखरा । चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा नगद एक लाख सहित सम्मान गरिएको छ ।
पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले इण्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिपले त्यहाँ गरेको उच्च प्रदर्शनको कदर स्वरुप पोखरामा आइतबार सम्मान गरेको हो । अटो वेज प्रालि पोखरा र प्रतिभा माविले संयुक्त रुपमा सन्दिपलाई नगद एक लाख सहित प्रशंसापत्र र दोसल्लाले सम्मान ग¥यो ।

सम्मान ग्रहणपछि सन्दिपले पोखरेलीको सम्मानबाट आफू हर्षित भएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता पढाईलाई दिएर सँगसँगै आफ्नो रोजाइको खेललाई अघि बढाउन आग्रह गरे । उनले पोखरामा आफूलाई मिलेको सम्मानले भविष्यमा राम्रो गर्न प्रेरित गरेको समेत बताए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलक्षेत्रले राष्ट्रलाई नै चिनाउने भएकाले यसतर्फ पनि सोच्दै प्रदेश सरकार खेलकुदको विकासमा लागि परेको बताईन् । उनले सन्दिप लामिछानेको प्रदर्शनबाट उनीसँगै सिंगो नेपालकै चर्चा भएको उल्लेख गरिन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिभा माविले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मान गरेकोमा खुशी प्रकट गरे ।

सो अवसरमा विद्यालयका अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल विश्व गोपाल पराजुली, कार्यक्रम संयोजक किरण सापकोटाले समेत बोलेका थिए ।

सम्मान अघि क्रिकेटर सन्दिपले विद्यालय हातामै पुगेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो