तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ६ शेषटारमा मंगलबार बिहान सालको रुख ढल्न गई किच्दा एकको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।
मंगलबार बिहान करिब ९:३० बजेको समयमा विद्यालय जाने क्रममा बाटोमा हिड्दै गर्दा सालको रुख ढलेर किचिदा व्यास नगरपालिका वडा नम्बर ६ शेराटार बस्ने १२ वर्षीय अस्मिता थापा, १० वर्षीय सनिषा थापा र ८ वर्षीय विनिषा थापा घाइते भएका थिए । सोहि स्थान बस्ने तेज बहादुर थापाको छोरीहरु घाईते भएको खबर प्राप्त हुना साथ तनहुँ प्रहरीले टोली खटिई तत्काल घाईतेहरुलाई उद्दार गरेको थियो ।
उक्त दुर्घटनामा परी गम्भिर घाइते भएकी कक्षा ४ मा पढ्ने ८ वर्षीय विनिषा थापाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा बिहान १०:४३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास-६ शिसाघाट स्थित कालिका एकेडेमीमा अध्यनरत उनिहरु विद्यालय तर्फजाने क्रममा उक्त दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही दुर्घटनामा परी गम्भिर घाइते भएकी कक्षा ६ मा पढ्ने अस्मिता थापाको वायाँ कुम र दायाँ गालामा चोट लागेको र कक्षा ३ पढ्ने सुनिषा थापाको दुबै खुट्टामा र टाउकोमा गम्भीर चोट लागेको हुँदा उनिहरुको थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?