पोखरा । असावधानीले पोखराका फेवाताल, बेगनासताल, फुस्रेखोला, फेवाताल ड्याम, सेती लगायतका क्षेत्रमा वर्षेनी दर्जनौंले अकालमा ज्यान गुमाईरहेका छन् ।
काठमाण्डौ ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा फेवातालमा सोमबारदेखि डुबेर बेपत्ता छन् । पूर्वान्ह साढे १० बजेतिर डुबेका उनको अवस्था अझै थाहा हुन सकेको छैन ।
यसअघि, गत जेठ १३ गते रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा बेपत्ता भए । उनी १० दिनपछि मृतावस्थामा भेटिए । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । उनले लाइफ ज्याकेट राम्ररी नलगाउँदा फेवाताल बीचमै डुबे । त्यसअघि, चैत २२ गते शुक्लागण्डकी, दुलेगौंडा निवासी ३१ बर्षिय राजु गुरुङ पनि तालबाराही मन्दिर परिक्रमा गर्दा डुंगाबाट फेवातालमा खसेका थिए ।
ठीक सुप्रिल डुबेकै ठाउँमा रोजन बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए । लाईफ ज्याकेट विना सेल्फी खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । डिएसपी कार्कीको नेतृत्वमा रेस्क्यु टिमले सोमबार वेपत्ता भएका श्रेष्ठको खोजि गरे पनि साँझसम्म भेटाउन नसकेको प्रहरीले जनाएको छ । मंगलबार पनि नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा खोजी कार्य जारी राखेको कार्कीले जनाए ।
रोजनले एक जना मात्र शयर गर्न मिल्ने डुंगा लिएर तालमा होमिएका थिए । तालको बीच भागतिर पुगेर लाईफ ज्याकेट खोलेर आफु शयर गरेको प्याडल बोर्डमा राखेर फोटो लिन खोज्दा उनी एक्कासी घोप्टिएको प्रत्यक्षदर्शीको भनाई छ ।
फेवाताल, बेगनासताल लगायतका तालमा शयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने नियम छ तर कतिले आफै लापरबाही गर्छन् भने बेगनास तालमा आवश्यक ज्याकेट समेत डुंगा समितिले नदिने आरोप लाग्दै आएको छ ।
प्याडल बोर्डबाट फेवातालमा डुबेर वेपत्ता भएको यो पहिलो घटना हो । फेवाताल, बेगनासताल लगायतका तालमा डुंगा शयर गर्दा होस् वा प्याडल बोर्ड, कायाकिङ शयर गर्दा अनिवार्य लाईफ ज्याकेज लगाउन आवश्यक छ । प्रायः घटना यस्तै असावधानीले भइरहेका छन् ।
http://gandaknews.com/supril-sab/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो