रेजिनाको बिलौना, मामाघर गएका आमा र भाइ बेगनास तालमै गुमाईन्

रेजिनाको बिलौना, मामाघर गएका आमा र भाइ बेगनास तालमै गुमाईन्

rejina gaire (second from right side)

पोखरा । तनहुँ भिमाद ५ की रेजिना गैरे यतिखेर भाव विह्वल छिन् । उनले अप्रत्यासित घटनामा आमा जमुना गैरे र ५ वर्षीय भाइ रञ्जितलाई गुमाएकी छन् । आमा जमुनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने तालमाडुबेकाभाइको पूर्वान्ह ११ बजेतिर मात्रै शव भेटियो ।

अस्पतलामा रुवावासी गरिरहेको अवस्थामा भेटिएकी रेजिना घरकी जेठी छोरी हुन् । उनकी अर्की बहिनी रञ्जिता छिन् । आमा र भाइ दिउँसो मामाघर जान भनी हाँसी खुसी बिदा भएकोमा दिउँसो आफन्तबाट उनले आमा, भाइ लगायत सवार डुंगा तालमा डुबेको सुनेपछि छाँगाबाट खसेझैं भइन् ।

आफन्तहरु उनलाई सम्झाउने प्रयासमा थिए । नजिकै रहेका बाबु रामबाबु गैरे इन्तु न चिन्तु देखिन्छन् । श्रीमती र धेरै पर्खाईमा पाएका एकमात्र छोरा गुमाएका उनी पनि बोल्न सक्ने अवस्थामा छैनन् ।

आफन्त गोविन्द भण्डारीले तालमा लाइफ ज्याकेट नलगाई डुंगा चढ्न दिँदा यसरी ज्यानै गएको भन्दै रोष प्रकट गरे । उनले यो घटना भएपछि आगामी दिनमा घटना हुन नदिन प्रशासनले ध्यान पु¥याउनुपर्ने बताए ।

बेगनास तालमा शनिबार मध्यान्ह डुंगा पल्टिँदा जमुना र रञ्जित सहित ८ जनाको ज्यान गयो । रञ्जित लगायत नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुई छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव, पोखरा बागलुङ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं, ५ वर्षीय प्राचीन पौडेलको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको थियो । ३७ वर्षीया जमुना सहित पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईंको शनिबार नै मृत्यु भएको थियो ।

  • पत्रकार विजय नेपालको सहयोगमा

http://gandaknews.com/begnas-final-update/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ