पोखरा । तनहुँ भिमाद ५ की रेजिना गैरे यतिखेर भाव विह्वल छिन् । उनले अप्रत्यासित घटनामा आमा जमुना गैरे र ५ वर्षीय भाइ रञ्जितलाई गुमाएकी छन् । आमा जमुनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने तालमाडुबेकाभाइको पूर्वान्ह ११ बजेतिर मात्रै शव भेटियो ।
अस्पतलामा रुवावासी गरिरहेको अवस्थामा भेटिएकी रेजिना घरकी जेठी छोरी हुन् । उनकी अर्की बहिनी रञ्जिता छिन् । आमा र भाइ दिउँसो मामाघर जान भनी हाँसी खुसी बिदा भएकोमा दिउँसो आफन्तबाट उनले आमा, भाइ लगायत सवार डुंगा तालमा डुबेको सुनेपछि छाँगाबाट खसेझैं भइन् ।
आफन्तहरु उनलाई सम्झाउने प्रयासमा थिए । नजिकै रहेका बाबु रामबाबु गैरे इन्तु न चिन्तु देखिन्छन् । श्रीमती र धेरै पर्खाईमा पाएका एकमात्र छोरा गुमाएका उनी पनि बोल्न सक्ने अवस्थामा छैनन् ।
आफन्त गोविन्द भण्डारीले तालमा लाइफ ज्याकेट नलगाई डुंगा चढ्न दिँदा यसरी ज्यानै गएको भन्दै रोष प्रकट गरे । उनले यो घटना भएपछि आगामी दिनमा घटना हुन नदिन प्रशासनले ध्यान पु¥याउनुपर्ने बताए ।
बेगनास तालमा शनिबार मध्यान्ह डुंगा पल्टिँदा जमुना र रञ्जित सहित ८ जनाको ज्यान गयो । रञ्जित लगायत नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुई छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव, पोखरा बागलुङ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं, ५ वर्षीय प्राचीन पौडेलको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको थियो । ३७ वर्षीया जमुना सहित पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईंको शनिबार नै मृत्यु भएको थियो ।
- पत्रकार विजय नेपालको सहयोगमा
http://gandaknews.com/begnas-final-update/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए