पोखरा, ३१ भदौ । पोखरा ८ सिर्जनाचोक स्थित फिस्टेल सेक्युरिटी सर्भिस (लक्की मेनपावर) का सञ्चालक रसबहादुर गुरुङलाई कालोमोसो दलिएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठनका रुपमा चिनाउने योङ रेड फोर्स नेपाल, कास्कीसँग आबद्ध युवाहरुको समूहले आज दिउँसो साढे २ बजे गुरुङलाई कालोमोसो दलेको हो ।
सो समूहले अफिसमै पुगी अबैध मेनपावर धन्दा चलाएको भन्दै अनुहारमा कालो मोसो लगाएर अफिसमा ताला लगाई र पोष्टर टाँसेर भागेको प्रहरीले जनाएको छ । योङ रेड फोर्स नेपाल, कास्कीको नाममा टाँसिएको पोस्टरमा तमाम खालको विकृति र विसंगति, दलालीकरणका विरुद्ध विना सम्झौता लड्ने कुरामा प्रतिबद्ध रहेको जनाइएको छ ।
आफूहरुको लामो समयको अध्ययनपछि लक्की मेनपावर विना इजाजत अवैध रुपमा सञ्चालनमा रहेको, सेक्युरिटी कम्पनीको नाममा मेनपावर धन्दा चलाएको, दर्जनौं युवाहरुलाई विदेशमा अलपत्र पारेको, महिलाहरुलाई अवैध रुपमा दिल्लीको बाटो हुँदै बेचविखन गरेको र विदेशबाट ठगिएर आएका युवालाई पैसा फिर्ता नगरी डर धम्की दिएको आरोप लगाइएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग