पोखरा । पोखरा लेकसाइडकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठसँग आज बयान हुँदैछ । कास्की जिल्ला अदालत श्रोतका अनुसार उनीसँग आज बयान विरुद्धको मुद्धामा आज थुनछेकको बहस हुन लागेको हो ।
गत चैत ८ गते १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र दुुव्र्यवहारको आरोपमा एनआइसी एशिया पस्र्याङ शाखाका म्यानेजर सुवास सुबेदीलाई कास्की प्रहरीले चैत्र ८ गते पक्राउ ग¥यो । त्यसपछि पहिलो पटक ६, दोेस्रो पटक १० दिन, तेस्रो पटक ५ दिनको लागि म्याद थप गर्दै कास्की हिरासतमा राखिएको छ । यौन दुव्र्यवहारको आरोप मात्रै खेपेका सुवास सुवेदी भने धरौटीमा रिहा भएका छन् ।
मुलुकी अपराध संहिताको २२५ (३) बमोजिम बालयौन दुव्र्यबहार अन्तरर्गत ३ बर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको सुवेदी तीन लाख रुपैँया धरौटीमा रिहा भएका हुन् । मुलुकी अपराध संहिताको २१९ (३) अन्तरर्गत १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।
http://gandaknews.com/shrestha-subedi/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो