गण्डकी प्रदेशले पोखरामा ‘इन्जोय जोन’ बनाउँदै, ‘रेड लाइट एरिया’ झैं यौन क्रियाकलाप समेत स्वतन्त्र

गण्डकी प्रदेशले पोखरामा ‘इन्जोय जोन’ बनाउँदै, ‘रेड लाइट एरिया’ झैं यौन क्रियाकलाप समेत स्वतन्त्र

rade light area

प्रतिकात्मक चित्र

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ । प्रदेश सरकारले पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने भएको हो ।

प्रदेश सरकारले निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक ‘इन्जोय जोन’ बनाउने तयारी गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

‘इन्जोय जोन’ मा जाने ब्यक्तिले मनोरञ्जनका लागि ईच्छा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाउने छन् । मन्त्री लम्सालका अनुसार ‘इन्जोय जोन’ क्षेत्रमा पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन । ‘इन्जोय जोन’ निर्माण भईसकेपछि विश्वका अन्य पर्यटकीय मुलुकहरुमा हुने सम्पूर्ण गतिविधि पोखरामा पनि हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ