गण्डक न्युज । नागरिक अभियन्ता रामबहादुर पौडेलले सडकमा काँडेतारले बाटो छेकिएको तस्विर फेसबुकमा शेयर गरे । नौ घण्टा नबित्दै त्यही कारण मोटरसाईकल दुर्घटना भयो । यसमा सम्बन्धित निकाय चुक्यो ।
दुर्घटनास्थल हो प्रदेश नं. ४ को सिंहदरबार अगाडिको सडक । रातो भवनमा मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामिला, आर्थिक मामिला, कानुन मन्त्रालय मात्र होईन अगाडि भर्खरै बनेको प्रदेश प्रहरी कार्यालय पनि छ । पहिले त्यहाँको सडकखण्ड खुल्ला थियो । मुलुकमा संघीयता कार्यान्वयनसँगै यस प्रदेशको सिंहदरबार यहीं रह्यो । त्यहाँको सडकखण्ड सहिदचोक–रत्नचोक भित्री बाटोका लागि प्रयोग हुने सडक हो ।
नागरिक अभियन्ता पौडेलले बुधबार बिहान १०ः४२ बजे (काँडेतारका) विरुद्ध) नागरिक खबरदारी भन्दै फेसबुकमा फोटो सहित पोष्ट गरेका थिए । उनले लेखे – ‘लामो समयदेखि उक्त सडक प्रयोग गर्ने सर्वसाधारण जनता र विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई समेत सास्ती दिएर मुख्यमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरुको सुरक्षाको ग्यारेन्टी होला जस्तो हामीलाई लाग्दैन । आवश्यक परेमा कडा सुरक्षा जाँचका लागि अस्थायी चेकपोस्ट राखेमा हाम्रो कुनै आपत्ति हुनेछैन तर नागरिकको आवतजावतमा बाधा अड्चन पु¥याउनु भनेको नागरिकको मौलिक हकको हनन गर्नु नै हो ।’

पौडेलले असुविधा भएकोबारे स्टाटस लेखेको ९ घण्टा नबित्दै त्यहीं मोटरसाइकल दुर्घटना भयो । ग १२ प ५५५८ मोटरसाइकलमा सवार बिन्दबासिनीका २५ वर्षीय किरण घिमिरे सोहि ठाउँमा दुर्घटनामा परे । राति साढे ८ बजे रक्ताम्ये हुने गरी घाईते उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । विहीबार बिहानै ८ बजे अर्जुन भण्डारीले सोहि ठाउँमा दुर्घटना भएको तस्विर पोष्ट गरे ।

अहिले भाडाका सवारी प्रवेश निषेध अंकित बोर्ड छ । प्रवेश विन्दुमा नछेकिएकाले सो सडकमा साना सवारी गुड्छन् । ठ्याक्कै मुख्यमन्त्री कार्यालय गेट नजिकै बाटो छेक्दा सवारी चालक झुक्किन्छन् । कि त त्यो सडकखण्डमा सुरुमै सवारी रोक्नुपर्दछ कि त निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिनुपर्दछ । राजधानीमा सिंहदरबार झैं परिसर घेर्ने र गेट बनाएर सवारी आवत जावत रोक्ने हो भने यस्तो समस्या निम्तदैन । सिधा सडकमा एकैपटक काँडेतार देख्दा किरण झैं झुक्किन्छन् । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला