पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले दादागिरी देखाए । नेपाली सेनाका अधिकृत र नेपाल प्रहरीका जुनियर अधिकृत लगायतको टोलीले मिडियाको हुँ भन्दा भन्दै पनि दुव्र्यवहार गरी मोबाइल खोसे ।
शनिबार बिहान ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको बेला अफिसियल पेजमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका दानीलाई नेपाली सेनाका क्याप्टेन र नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) शुशिल घिमिरे सहितका टोलीले हातपात र दुव्र्यवहार गरेको हो । सो कुरा भिडियोमा स्पष्ट छ । पत्रकार दानी सहितका पत्रकारहरु रिपोर्टिङका लागि पुगेका थिए । घटनापछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध गरेको छ । प्रहरीले गल्ती स्विकार गर्दै अब कमजोरी हुन नदिने बताएको छ ।
घटनापछि नेपाल जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम रानाले कमजोरी भएको स्विकार गरेका छन् । कास्की प्रहरी पत्रकार विरुद्ध दादागिरी शैलीमा प्रस्तुत भईरहेको तर्फ ध्यानाकर्षण गराउने क्रममा उनले गण्डकन्यूजसँग भने – पहिले आर्मीबाटै भएको रहेछ भन्ने सुनेँ । हाम्रोबाट भएको कमजोरी हामी स्विकार्छौं । करेक्शन गर्छौं । गल्ती भएको हो । यस्तो हुनुहुँदैन ।’
सईं शुशिल घिमिरे वडा प्रहरी कार्यालय बैदामका हुन् । त्यस कार्यालयको नेतृत्व गर्ने डिएसपी कोमल शाहलाई यस घटनाबारे जानकारी गराउँदा कुनै पनि मिडियाकर्मीलाई नराम्रो व्यवहार गर्नुहुन्न भन्नेमा आफू सचेत रहेको बताए । यस घटनाबारे म बुझ्छु ।
सेना आफ्नो कमजोरी लुकाउन चाहन्छ
अस्ति वैशाख ५ गते पोखराका धेरै ठाउँहरुमा शंकास्पद वस्तु भेटिए । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै भेटिएको वस्तु निष्तेज पार्ने क्रममा एक सेनाका अमल्दार घाइते भए । बम डिस्पोज गर्न पुगेका कालिभञ्जन गणका धर्मबहादुर थापाको हातमा चोट लाग्यो । र उनलाई उपचारका लागि काठमाण्डौ लगियो ।
त्यसकारण पनि सेनाले मिडियालाई फोटो र भिडियो खिच्न नदिने मनस्थिति बनाएको हो । विश्वस्त श्रोतले भन्योः यस्ता बम नै हो कि होइन ? भन्ने खालका वस्तु डिस्पोज गर्ने क्रममा डिस्पोज गर्ने टोलीमै क्षति पुग्नु भनेको आफ्नै असावधानीले हो । सेनाले आफ्ना कमजोरी कहाँ बाहिर आओस् भन्ने चाहन्छ र ? यस्तो कुरा लाइभ हुँदा आफू चुकेको कुरा अरुलाई थाहा हुन्छ । सुरक्षाका कारण पनि हो तर, यो भन्दा पनि सेनाले चाहिँ आफ्नो कमजोरी छोप्न नै हो ।’
http://gandaknews.com/asbin-dani-news/
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस