गण्डक न्युज पोखरा, ६ फागुन / दाह्री पाल्ने र यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ को दोस्रो वार्षिकोत्सव पोलपोलमा डस्टबीन राखेर पोखराका मेम्बरहरुले मनाएका छन् ।
गत वर्ष जेठ अन्त्यतिर पोखरामा दाह्री सौखिन समूह एकीकृत भएपनि फेसबुकमा समूह बनेको मिति अनुसार सोमबार दाह्री ग्याङको स्थापना दिवस मनाइएको हो । काठमाण्डौं, पोखरा सहित समूह सक्रिय भएका ठाउँमा युवाहरुले विविध कार्यक्रमका साथ मनाएका छन् । पोखरामा स्थापित दिनको अवसरमा भने वर्षेनी रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ ।
पोखरामा आइतबार १० थान फलामे जालीवाला डस्टबीन पोल पोलमा टाँस गरिएको छ । पोखराका चोक चोकमा डस्टविन राख्ने काम सुरु भएको जनाउँदै दाह्री ग्याङ पोखराले यस कार्यलाई निरन्तरता दिने बताएको छ । अहिले न्यूरोड र सभागृहचोकमा डस्टबिन राखिएको हो ।

यसअघि विभिन्न संघसंस्थाले बाल्टिन जस्ता डस्टबीन राखेपनि त्यो टिकाउ हुन नसकेको जनाउँदै समूहले यसपटक टिकाउ हुने खालको डस्टबीन राखेको हो ।
‘हामीले चोक चोकका पोलहरुमा डस्टबीन राखेका छौं । सुन्दर शहरमा बस्ने नागरिकका पनि सुन्दर व्यवहार होला भन्ने आशा छ । यस कार्यलाई हामी निरन्तरता दिनेछौं ।’ दाह्री ग्याङ पोखरा संयोजक शेखर गौतमले भने ।

‘स्वच्छ सुन्दर हराभरा, सफा हाम्रो पोखरा’ नाराका साथ सुरु भएको यो अभियानमा फोहोर संकलनमा पोखरा लेखनाथ महानगरपालिकाको साथ रहने अपेक्षा समूहले गरेको छ । सदस्य विक्रम पाण्डेले अन्यथा डस्टबीन भरिएर पनि सरसफाई शाखाबाट फोहोर ननिकालेको खण्डमा मेम्बरहरु आफै उपस्थित भएर फोहोर फाल्ने बताए ।
समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना लगायतका कार्यक्रम गरिसकेको छ । पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् । सोमबारको कार्यक्रमको सञ्चालन सदस्य महेन्द्र पहारीले गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला