पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भईरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने बताएका छन् । यो राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माण गर्न गम्भिर रहेको उनले बताए ।
पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मन्त्री पण्डितले शनिबार विमानस्थलको निरीक्षण गरे । विमानस्थल आयोजना प्रमुख ई. बिनेश मुनन्कर्मीलाई विमानस्थल निर्माणका क्रममा केहि समस्या भए नभएकोबारे जिज्ञासा राखेका थिए ।
मन्त्री पण्डितले विभागीय मन्त्रीसँग पनि पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै विमानस्थल निर्माणमा मन्त्री, सरकार सबै गम्भिर भएको बताएका थिए ।

‘यो राष्ट्रिय गौरवको आयोजना सबैको साथ सहयोगबाट सम्पन्न हुनेछ । स्थानीय सरकारदेखि संघीय सरकारसम्म यसमा सकारात्मक छ ।’ मन्त्री पण्डितले भने– ‘काम भईरहेको छ । ठेक्का लिने कम्पनीले काम गरिरहेको छ । अहिले आएका भनिएका कुराहरु कि पहिल्यै आउनुपर्छ । बनाउने नबनाउने उपयुक्त स्थान हो होईन पहिल्यैको कुरा हो । चार दशकदेखि पोखरेलीले कुरेको विमानस्थल बनाउनुपर्छ भन्नेमा सरकार छ ।’

मन्त्री पण्डितले निजगढ विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलभन्दा राम्रो हुने, भैरहवा विमानस्थल छिट्टै सञ्चालन हुने बताए । उनले पोखरा प्रकृति र सौदर्यताको धनी भएकाले यसलाई कसरी राम्रो बनाउने ? यहाँको विकास कसरी गर्ने ? स्थानीय तहले आफ्नो ठाउँबाट सक्दो गर्न, कर्मचारीले आफ्नो काम गर्न आग्रह गरे ।
सो अवसरमा आयोजना प्रमुख ई. मुनन्कर्मीले हालसम्म ४५ प्रतिशत अर्थवर्क कार्य सम्पन्न भईसकेको र डिजाईन सहित १२ प्रतिशत काम सकिएको जनाए । उनले रिठ्ठेपानी डाँडा १४.२ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै धावनमार्ग २५०० मिटर लम्बाई र ६० मिटर चौडाईको हुने उल्लेख गरे । विजयपुर खोला तर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाई छ ।
https://www.facebook.com/gandaknews/videos/838801322978788/
सो अवसमार पोखरा १४ का पूर्व अध्यक्ष भिमसेन थापाले पोखरा विमानस्थलमा बेलाबेलामा बखेडा झिक्ने काम भईरहको भन्दै पोखराको विकासमा काठमाण्डौ सधैं नकारात्मक देखिएको ठोकुवा गरे । मन्त्री पण्डितलाई विमानस्थल निर्माणमा कुनै नकारात्मक असर पर्ने खालको देखिएमा सहयोग गर्न अनुरोध गरेका थिए ।
सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रशासकीय अधिकृत शेषानारायण पौडेल, पोखरा १४ अध्यक्ष प्रेमबहादुर कार्की ठेक्का लिएको कम्पनी चाइनाको सिएमसिईका झु झान फेङ लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर
नयाँ भनिएको पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै छन् : विप्लव
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ