पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा साउन पहिलो साता राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल हुने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा हुने सो फेस्टिवलमा विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्री प्रदर्शन गरिनेछ । भेक्टर ‘डाइरेक्ट योर् भिजन’ नामकण गरिएको उक्त कार्यक्रममा स्मार्ट सिटी, क्लिन इनर्जि, पर्यटन, कृषि, शिक्षा लगायतका थिममा विद्यार्थीद्वारा आफ्ना सिर्जना प्रस्तुत हुनेछन् ।
स्ववियु सभापति ईन्द्र पौडेलले इन्जिनियरिङ शिक्षालाइ किताबी ज्ञानमा मात्र सीमित राख्न नहुने भन्दै यसलाई व्यवहारमा उतार्न विद्यार्थीका लागि यस्तो फेस्टिवल लाभदायक हुने बताए । उनले विभिन्न संघसंस्था, संगठनको सहयोग रहेकाले फेस्टिवल सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘यो राष्ट्रिय स्तरको बिज्ञान तथा प्राविधि फेस्टिवल नेपालकै ठुलो कार्यक्रम हुनेछ ।’ टेक्निकल फेस्टिवलका संयोजक समेत रहेका स्ववियु सदस्य किरण तिवारीले भने ‘इन्जिनियर बिना देश विकास सम्भव छैन, देश भरका इन्जिनियरिङ विद्यार्थीको सिर्जना यहाँ हुनेछन् । कार्यक्रम फलदायी हुनेछ ।’ उक्त कार्यक्रमा आफ्ना सिर्जनाका साथ उपस्थित भइदिन देश भरका टेक्निकल कलेजलाइ क्याम्पस प्रमुख राम प्रसाद पौडेलले आह्वान गरे ।

कार्यक्रमा झण्डै दुई दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । पाँच सय बढी त स्टल नै हुनेछन् । गत वर्षको एक्स्पोमा दश हजार भन्दा बढीले अवलोकन गरेका थिए । यसपटक २० हजार बढीले अवलोकन गर्ने सदस्य अनिल गौतमले जनाए ।
कार्यक्रमा बिज्ञान तथा प्रविधिको अलवा मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम पनि हुनेछन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो