रञ्जन अधिकारी पोखरा, २४ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा गम्भिर घाईते भएका पोखरा लेखनाथ २० भलामका विष्णु बस्ताकोटीको करोडौं खर्चदाँ पनि ज्यान जोगिएन । परिवारका अनुसार यो बीचमा एक करोड १० लाख भन्दा बढि खर्च भयो ।
गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना पछि गम्भिर घाईते उनको कार्तिक १७ गते निधन भयो । विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने ।

सडक माथि नै टाँगिएका हाइटेन्सन लाईनहरु, बिजुलीका तारहरुलाई अब यस्तै लापबारही नगर्न दबाब स्वरुप फेसबुक समूह मेन्स रुम रिलोडेडका पोखरामा रहेका सदस्यहरुले र्यालीका साथ दीप प्रज्ज्वलन गरी स्व. बस्ताकोटीलाई स्मरण गरे । उनीहरुले बस्ताकोटीको मृत्य नभई हत्या हो, किन यस्तो मरण भो ?

विहिबार आयोजित कार्यक्रममा युवतीहरुको पनि साथ रहेको थियो । मेन्स रुम रिलोडेडका पोखरा प्रतिनिधी सुवास शर्माले बिद्युत प्रधिकरणको लापबाहीको कारण बस्ताकोटीले ज्यान गुमाउनुपरेको बताए । उनले प्रधिकरणलाई यस्ता घटना हुनबाट सजग रहन आग्रह गरे ।

मानव अधिकार चोकबाट तार चुडिएको ठाउँ रानीपौसम्म ¥याली लागेका थिए । भने करेन्ट लागेको ठाउँ नजिकै उनीहरुले दीप प्रज्वलन गरेको मेन्स रुम रिलोडेडका मिरज ढकालले जानकारी दिए ।
घटना पश्चात् बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि गत शुक्रबार निधन भएको थियो ।
३४ वर्षीय बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयमा अध्यापन गर्दथे । उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु