किरण श्रेष्ठ, तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मिस क्विन तनहुँ २०१८’ को ट्यालेन्ट राउण्ड शनिबार सम्पन्न भएको छ । ‘मिस क्विन तनहुँ २०१८’ को लागि जिल्लाका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगीहरुले दमौलीमा शनिबार विभिन्न प्रतिभाका साथ ट्यालेन्ट राउण्डमा उत्रिए थिए ।
मिस क्विनको यो तेस्रो सिजनको कार्यक्रम हो । ट्यालेन्ट राउण्डमा मिस क्विन तनहुँ २०१६ की विजेता सर्मिला दुरा, मिस क्विन तनहुँ २०१७ की बिजेता सन्जु थापा मगर र रियाज म्युजिक सेन्टरका केवल ओझा निर्णायक रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि मगर समाज सुधार समितिका अध्यक्ष पूर्ण बहादुर थापा रहेका थिए । प्रतियोगीहरुले नृत्य, गायन, कविता वाचन, निबन्ध लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता मिस क्विन तनहुँ २०१८ को ट्यालेन्ट राउण्डमा सहभागी १५ जना प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउण्डका सहभागीहरुको प्रस्तुतीको आधारमा मिस क्विन तनहुँको फाइनल कार्यक्रममा मिस ट्यालेन्टको उपाधी प्रदान गरिने आयोजक तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले बताइन् । मिस क्विन तनहुँ २०१८ को ग्राण्ड फिनाले कार्यक्रम आगमी साउन ५ गते दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा हुने आयोजकले जनाएको छ । ग्राण्ड फिनाले कार्यक्रममा चर्चित र्यापर भिटेन समेत दमौली आउने आयोजकले जनाएको छ ।
‘मिस क्विन तनहुँ २०१८’ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, सडक नाटक, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, फेसन, प्रेरणा, नेतृत्व क्षमता जस्ता विषयमा प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गरिएको आयोजक सस्थाकी अध्यक्ष सरिता थापाले जानकारी दिइन । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ । कार्यक्रमको संञ्चालन सञ्चारकर्मी शर्मिला रानाले गरेकी थिइन । कार्यक्रममा तनहुँ राइजिङ स्टार डान्स स्कुलले समेत नृत्य प्रस्तुत गरेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ