किरण श्रेष्ठ, तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मिस क्विन तनहुँ २०१८’ को ट्यालेन्ट राउण्ड शनिबार सम्पन्न भएको छ । ‘मिस क्विन तनहुँ २०१८’ को लागि जिल्लाका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगीहरुले दमौलीमा शनिबार विभिन्न प्रतिभाका साथ ट्यालेन्ट राउण्डमा उत्रिए थिए ।
मिस क्विनको यो तेस्रो सिजनको कार्यक्रम हो । ट्यालेन्ट राउण्डमा मिस क्विन तनहुँ २०१६ की विजेता सर्मिला दुरा, मिस क्विन तनहुँ २०१७ की बिजेता सन्जु थापा मगर र रियाज म्युजिक सेन्टरका केवल ओझा निर्णायक रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि मगर समाज सुधार समितिका अध्यक्ष पूर्ण बहादुर थापा रहेका थिए । प्रतियोगीहरुले नृत्य, गायन, कविता वाचन, निबन्ध लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता मिस क्विन तनहुँ २०१८ को ट्यालेन्ट राउण्डमा सहभागी १५ जना प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउण्डका सहभागीहरुको प्रस्तुतीको आधारमा मिस क्विन तनहुँको फाइनल कार्यक्रममा मिस ट्यालेन्टको उपाधी प्रदान गरिने आयोजक तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले बताइन् । मिस क्विन तनहुँ २०१८ को ग्राण्ड फिनाले कार्यक्रम आगमी साउन ५ गते दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा हुने आयोजकले जनाएको छ । ग्राण्ड फिनाले कार्यक्रममा चर्चित र्यापर भिटेन समेत दमौली आउने आयोजकले जनाएको छ ।
‘मिस क्विन तनहुँ २०१८’ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, सडक नाटक, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, फेसन, प्रेरणा, नेतृत्व क्षमता जस्ता विषयमा प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गरिएको आयोजक सस्थाकी अध्यक्ष सरिता थापाले जानकारी दिइन । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ । कार्यक्रमको संञ्चालन सञ्चारकर्मी शर्मिला रानाले गरेकी थिइन । कार्यक्रममा तनहुँ राइजिङ स्टार डान्स स्कुलले समेत नृत्य प्रस्तुत गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला