किरण श्रेष्ठ, तनहुँ । ‘मिस क्विन तनहुँ २०१८’ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘मिस क्विन तनहुँ’ को यो तेस्रो सिजन हो ।
तनहुँ इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए । दमौलीमा भएको अडिसनबाट १३ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापाले जानकारी दिइन् ।
प्रतियोगिताको छिट्टै आबुखैरेनिमा अर्को अडिसन हुने थापाले जानकारी दिइन । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस क्विन तनहुँ’ को आयोजना गरिएको आयोजकले बताएका छन । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।
मिस क्विन तनहुँ २०१६ की विजेता सर्मिला दुरा, मिस क्विन तनहुँ २०१७ की बिजेता सन्जु थापा मगर र गायक क्रिजन पुन मगर, न्यु क्रियसन इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष पवित्रा थापाले प्रतियोगी छनोट गरेका थिए । “मिस क्विन तनहुँ २०१८” को बिजेताले इन्डोनेसियाको बालि टुर गर्ने अवसर संगै ताज, प्रमाणपत्र र मायाको चिनो पाउने आयोजकले जनाएको छ । कार्यक्रमको फोटोग्राफी पार्टनरको रुपमा आगमन फोटोग्राफी रहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने