लेखनाथमा शनिबार सिनियर मिनी म्याराथन हुने

लेखनाथमा शनिबार सिनियर मिनी म्याराथन हुने

marathan

लेखनाथ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथनको आयोजना हुँदैछ । शनिबार आयोजना हुने म्याराथन खोलाको डिलबाट शुरु भई अर्घौं, खराने हुँदै पुनः खोलाको डिलमा पुगेर ३ किमि को दुरी पूरा गरी सम्पन्न हुनेछ ।

‘विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।

म्याराथनमा प्रथम हुने महिला र पुरुषले नगद ५,५ हजार, द्धितीय हुने महिला र पुरुषले नगद ३/३ हजार, तृतीय हुने महिला र पुरुषले नगद २/२ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

खेल संस्कृतिको विकास र स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको म्याराथुनमा सहभागी हुनको लागि महिलाको हकमा ३० वर्ष माथीको हुनुपर्ने र पुरुषको हकमा ३५ वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नको लागि ५० हजार खर्च लाग्ने र निःशुल्क दर्ताको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ