नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् । त्यसयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाइसकेकी छिन् । युट्युबमा उनका गीतहरु अत्यधिक संख्यामा भेटिन्छन् ।
सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगमप को अडिसन भएको थियो, जसबाट उनी चुनिएकी थिईन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् ।
उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थित जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।
जजको रुपमा रहेका संगितकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । मेघा अडिसनका लागि छनौट भएकी मेनुकालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामना…
https://www.facebook.com/gandaknews/videos/2258910404387165/
नेपाल आइडलबाट बाहिरिँदाको क्षण:
https://www.facebook.com/ranjan.page/videos/1381567681924989/
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?