नेगम परियार, मनाङ । मनाङमा रातभर हिमपात भएको छ । सो दिन दिउँसैबाट मौषममा खराबी भईरहेको थियो । बिहिबार साँझपखबाट हिमपात सुरु भएपछि मनाङमा अति जाडो बढेको छ । पहिलो पटक हिमपात सामान्य परे पनि बिहीबार परेको रात भरको हिमपातका कारण जिल्लाको तापक्रम अति घटेको छ ।
हिमपातका कारण मानिसहरुको चहल पहल तथा सवारी साधन समेतमा कमी भएको छ । माथिल्ला भेगहरुमा अति धेरैमात्रामा हिमपात परेता पनि मनाङका तल्ला भेगहरुमा भने सामान्य हिमपात भएको हो । मनाङ जिल्लाका माथिल्ला भेगहरु मा ढुकुर पोखरी, पिसाङ्ग, हुम्डे, घ्यारु, ङावल, भ्राका, उपर मनाङ, टंकी मनाङ, खाङ्गसार लगाएतका स्थानहरुमा भारी हिमपात भएको हो । हिमपातका कारण दैनिकी कार्यमा समेत समस्या आएको हुम्डेका स्थानीयबासी राजु गुरुङ्गले बताए ।
मनाङ जिल्लाको सदरमुकाम चामेबाट तल्ला भेगहरुमा भने सामान्य हिमपात भएको छ । तर सदरमुकाम चामे भन्दा तलको एक गाउँ तिमाङमा भने बढी नै हिमपात भएको छ । सो स्थान बढी नै हिमपात पर्ने स्थानको रुपमा पनि लिईन्छ ।
सम्बन्धित खबर
दमौलीबाट पोखरा आउँदै गरेको बस रुपामा दुर्घटना, एक घाइते
ग्राहकलाई कुट्ने दोहोरी साँझका साहुजी पक्राउ
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट
सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयाेग
स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग