अनुराग थापा मगर र प्रिती आलेको “माकुरी जाल बुन” गितमा रामजी, आरुषी र मुनाको धमाकेदार नृत्य (भिडियो सहित)

अनुराग थापा मगर र प्रिती आलेको “माकुरी जाल बुन” गितमा रामजी, आरुषी र मुनाको धमाकेदार नृत्य (भिडियो सहित)

Makuri Jaal Buna Anurag & Prity Ale pic

तनहुँ । तनहुँका गायक अनुराग थापा मगर र चर्चित गायिका प्रिती आलेको स्वरमा नयाँ गित बजारमा आएको छ । बजारमा बिभिन्न गीत-संगीतहरु आउने क्रममा गायक अनुराग थापा मगरको अत्यन्तै फरक शैलीको गीत “माकुरी जाल बुन” बजारमा आएको छ ।

बहुचर्चित सर्जक एक नारायण भण्डारीको शब्द संगीतमा रहेको गीतमा चर्चित गायिका प्रिति आले र गायक अनुराग थापा मगरको स्वर रहेको छ । मौसम हिमालीको निर्देशन तथा दुर्गा पौडेलको छायांकन रहेको गितलाई प्रबीन रेश्मी मगरले सम्पादन गरेका छन ।

बहुचर्चित गायक तथा मोडल रामजी खाँण, आरुषी मगर संगै दल मगर र मुना मगरको सुन्दर धमाकेदार नृत्य रहेको छ । लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित गायक हुन रामजी खाणँ ।
लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मचाएका छन् । गायकी प्रिती आले पनि तनहुँ कै चेली हुन् । उनको दोहोरी ब्याटल गित अहिले बजार चर्चामा रहेको छ ।
हेर्नुहोस पुरा भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds