लायन्स क्लब अफ तनहुँ दमौली लाई बेस्ट ड्रेस कोड अवार्ड र उच्चतम सहभागिता अवार्ड

लायन्स क्लब अफ तनहुँ दमौली लाई बेस्ट ड्रेस कोड अवार्ड र उच्चतम सहभागिता अवार्ड

lions tanahun damauli

तनहुँ । काठमाडौंमा शनिबार सम्पन्न लायन्स क्लब इन्टरनेश्नल ३२५ बि १ अन्तर्गतको डिस्ट्रिक्ट इन्स्टलेसन कार्यक्रममा लायन्स क्लब अफ तनहुँ दमौलीले दुई वटा अवार्ड पाएको छ । क्लबले बेस्ट ड्रेस कोड अवार्ड (Best Dress Code Award) र उच्चतम सहभागिता अवार्ड (Highest Participation Award) पाउन सफल भएको हो ।

नेपाल भरिमा लायन्स क्लब अफ तनहुँ दमौली उत्कृष्ट हुदै उक्त पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले जानकारी दिए । लायन्स क्लब अफ तनहुँ दमौली स्थापना भएपछि पहिलो पटक क्याविनेट मिटिङमा क्लवले सहभागिता जनाएको समेत उनले बताए ।

पहिलो सहभागीतामा नै आफ्नो क्लबले दुइ वटा अवार्ड पाउदा एकदमै खुशी लागेको उनले बताए । क्लबको ३१ जना सदस्यमा ३१ जानै उपस्थित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ