झाडू बोकेर सडकमा निस्किए लालबाबु पण्डित । यस्तो साथ मिल्यो (भिडियो)

झाडू बोकेर सडकमा निस्किए लालबाबु पण्डित । यस्तो साथ मिल्यो (भिडियो)

clean-the-ktm1 (1)

२७ पुस, काठमाडौं । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो । क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएकाे हाे । अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।

कार्यक्रम आयोजकका बारेमा कुरा गर्दै एमाले सांसद पण्डितले भने,- ‘एक जना १७/१८ वर्षका युवा रहेछन् । उनको नेतृत्वमा रहेको क्लिन काष्ठमान्डप भन्ने संस्थाले सरसफाई कार्यक्रममा मलाई आमन्त्रण गरेको थियो । त्यसैले सरसफाई कार्यक्रममा पुगेको हुँ ।’

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित युवाले सुरु गरेको अभियानलाई आफूले साथ दिएको पण्डितले बताए ।

स्रोत: अनलाईनखबर

झाडू बोकेर लालबाबु सडकमा ! क-कसले दिए साथ ? (फोटो फिचर)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ