गोरखा बोर्लाङका कुमार आठ महिनादेखि साउदी जेलमा

गोरखा बोर्लाङका कुमार आठ महिनादेखि साउदी जेलमा

wife kumar

अश्विन दानी, गोरखा । बैदेशिक रोजगारमा गएका भिमसेन गाउँपालिका—७ बोर्लाङ, सातबिसेका कुमार राना आठ महिनादेखि साउदीको जेलमा छन् ।

रोजगारीका लागि साउदी गएका राना कम्पनीको गाडी चलाउँदा आठ महिना अघि दुर्घटनामा परेका थिए । सोही दुर्घटनामा साउदीका एक नागरिक घाइते भएपछि रानासँग ८० लाख नेपाली रुपैँया क्षतीपूर्ति दाबी गर्दै मुद्दा हालेपछि उनी जेल चलान भएका हुन् ।

साउदी अदालतले जरिवाना गरेको ८० लाख रुपैँया आफूहरुले मात्रै तिर्न नसक्ने भन्दै कुटनीतिक पहलबाट रिहा गरिदिन उनकी धर्मपत्नी अम्बिका रानाले अनुरोध गरेकी छिन् ।  ‘घरमा बुढा बा, आमा, म र तीन छोराछोरी मा छौँ’ रानाको धर्मपत्नी अम्बिकाले रुँदै भनिन् ‘घरको झिटिले खान नपुग्ने भएकाले उहाँ बिदेश जानु भएको हो । त्यति धेरै जरिवाना तिर्न हामी एक्लैले सक्दैनौँ । सबैले उहाँलाई नेपाल फर्काउन सक्दो सहयोग गर्दिनुस् ।’

मेहनेत गरेर केही कमाउँछु भनेर बिदेश गएका श्रीमान् जेलमा रहँदा पनि पैसाको अभावले केही गर्न नसकेको भन्दै अम्बिकाले दुःख पोखिन् । रानालाई नेपाल ल्याउन उनको परिवार मात्रै पैसा जुटाउन नसक्ने भएपछि अहिले उनकी श्रीमतीसँगै गाउँका युवाहरू एकजुट भएर रकम संकलन गर्न लागिपरेका छन् ।

उनीहरुले कुमारलाई नेपाल ल्याउनकै लागि ब्लड मनी संकलन अभियान समेत सञ्चालन गरेका थिए । अम्बिका भन्छिन् ‘देश, विदेशमा बस्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूले उदार मनले बैंक खातामा सहयोग पठाउनु हुन पनि अपिल गर्दछु ।’

रानालाई सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नं.०३९०१००१००६५६९०००००१ मा रकम जम्मा गराउन सकिने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds