होर्डिङ बोर्ड हटाउँदै पोखरा महानगर, डिजिटल बोर्ड कहिले ?

होर्डिङ बोर्ड हटाउँदै पोखरा महानगर, डिजिटल बोर्ड कहिले ?

hoarding

पोखरा महानगरले होर्डिङबोर्ड हटाएर डिजिटल प्रविधिमा लैजाने निर्णय १ वर्ष अगाडि ग¥यो । तर, समयसम्म कार्यान्वयन भएन । यसबीचमा सोलारजडित ५३ वटा ‘स्मार्ट प्रतीक्षालय’ तयार भए । तर, प्रभावकारी हुन सकेनन् । महानगरले पुराना बोर्ड पनि हटाउन पनि सकेको थिएन ।

डिजिटल होर्डिङबोर्ड राख्ने भन्दै मंगलबारदेखि निर्णय गरेको १३ महिनापछि महानगरले सडक वरिपरिका होर्डिङबोर्ड हटाउन सुरु गरेको छ । महानगरले पृथवीचोकमा रहेका फ्लेक्स होर्डिङबोर्डका पोस्टर च्यातेर अभियानको सुरु गरेको हो । व्यक्तिगत संरचनामा बनेका होर्डिङबोर्ड बाँकी छाडेर सार्वजनिक ठाउँमा बनेको होर्डिङबोर्ड पहिलो चरणमा महानगरले हटाउन सुरु गरेको हो । समाधान दैनिकका लागि विकास रोकामगरले न्यूज लेखेका छन् ।

डिजिटल जमानाः होर्डिङबोर्ड हटाउँदै पोखरा महानगर

महानगरले ती ‘अवैध’ होर्डिङबोर्ड भत्काउन भने सजिलो छैन । विभिन्न भागमा फैलिएर विज्ञापन ठेक्काको जालो बनेको छ । जुन जालो महानगरलाई फुकाउनै सकस पर्ने देखिन्छ । पोखराका क्रियाशील विज्ञापन कम्पनीले लाखौं मूल्य तिरेर अन्य कुनै कम्पनीसँग सम्झौता गरिसकेका छन् । मंगलबारमात्रै महानगरका कर्मचारी पृथ्वीचोकका सुदर्शन रञ्जितको घरमाथि बनेको होर्डिङबोर्ड हटाउन लागेको थियो ।

तर, उनले आफूलाई महानगरका तर्फबाट कुनै औपचारिक चिठी नआएको भन्दै उनले विरोध जनाए । महानगरले केही दिनमा पुन पत्राचार गर्ने भन्दै व्यक्तिगत संरचनामाथि बनेका होर्डिङबोर्ड रोक्ने काम तत्कालका लागि रोकेको छ । रञ्जितले पोखराकै परिचय एड्भर्टाइजलाई उक्त होर्डिङबोर्ड भाडामा दिएका थिए । परिचयले पनि आकृति एड्भटाइजसँग सम्झौता गरेको थियो । आकृतिले छायाँसँग र छायाँले उवासंघसँग । यसरी गोलबद्ध रुपमा यो व्यावसायिक जालो घुमेको छ ।

परिचय एड्भर्टाइजका सोभित बस्यालले महानगरको अवैज्ञानिक निर्णयका कारण आफूहरुलाई घाटा पुगेको आरोप लगाए । ‘हामी महानरगसँग समन्वय गर्न तयार छौं । तर यसरी हामीलाई खबर नै नगरेर होर्डिङबोर्ड कसरी हटाउन पाउँछ ?’ उनले भने । महानगरले स्वस्थ तरिकाले प्रतिष्पर्धा गरे आफूहरु पनि समन्वय गर्न तयार रहेको सोभितले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds