पोखरा । विगत २६ बर्षदेखि एचआईभी पोजेटिभ संक्रमित पोखरा महानगरपालिका वडा नं. ७ का ५६ वर्षीय गोपाल श्रेष्ठ शुक्रबार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि काठमाण्डौबाट प्रस्थान गर्दैछन् । उनी विश्वकै पहिलो पटक सगरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्ने आकांक्षाका साथ वर्षौंदेखि यस अभियानमा समर्पित छन् ।
‘को हुन् गोपाल ?, कसरी भए एचआईभी संक्रमित ?’
पोखराका हुन् गोपाल श्रेष्ठ । ५६ वर्षका भए, शरीरमा २६ वर्षदेखि रगतमा एचाइभी पोजिटिभ छ । जिन्दगीदेखि उनी निराश छैनन् । युवा जोश, जाँगर र उस्तै सकारात्मक सोच । उनी आज एचआइभी संक्रमित गोपाल श्रेष्ठ कसरी बने ? संगतकै गुनाकै फल ।
उनको जन्मपछि बाआमाले छोरालाई राम्रो पढाएर ठूलो मान्छे बनाउने सपना देखे । गोपालको स्कूल पढ्ने उमेर हुने बित्तिकै उनको परिवारले पोखराकै महङ्गो बोर्डिङमा भर्ना पनि गरे । तर, गोपालले भने पढाईमा कहिल्यै सोचेजस्तो प्रगति गर्न सकेनन् । छोराले राम्रो गर्ला भन्ने आशमा बाआमाले स्कूल पनि परिवर्तन गर्न थाले । तर, जति स्कूल बोर्डिङ परिवर्तन गरेपनि श्रेष्ठका परिवारका लागि ‘हातमा लाग्यो शुन्य’ भनेजस्तै भयो ।
गोपालले पढाईबाट बाआमालाई सन्तोष दिन नसक्नुको कारण एउटै थियो, गोपाल सानैदेखि लागुऔषधको दुव्र्यशनको दलदलमा फसे । जब परिवारका सदस्यले उनी दुव्र्यशनमा फसेको कुरा थाहा पाए, त्यो लतबाट छोरालाई उन्मुक्ति गराउन धेरै संघर्ष गरे तर गोपाल कहिल्यै लागुऔषधबाट अछुत हुन सकेनन् । पढाईमा कहिल्यै प्रगति गर्न नसकेका गोपालले लागुऔषधको कुलतसँगै आफुलाई फुटबल खेलाडीको रुपमा भने स्थापित गरिसकेका थिए । सेनाको सिंहनाथ गणदेखि काठमाडौंकै चर्चित फ्रेण्डस् क्लवसँग आबद्ध भएर बिभिन्न फुटबल प्रतियोगितामा सहभागी पनि भए । तरपनि कुलतबाट कहिल्यै टाढा हुन सकेनन् ।
गोपालको जन्म हुने बित्तिकै छोरालाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सपना बोकेका श्रेष्ठको परिवार छोरा लागुऔषधको लतबाट टाढा हुने आशैआशमा २०४२ सालमा साउदी अरब समेत पठाए । लागुपदार्थ सेवन गर्न प्रतिबन्धित देश साउदी पुगेपछि केहि कुलतको दलदलबाट टाढा पुगेका गोपालले नियमित घरमा पैसा समेत पठाउन थाले । साउदीमा पनि आफ्नो फुटबलमा भएको क्षमतालाई देखाएर उनले सबैलाई चकित पार्ने गर्थे । तर, उनलाई लामो समय साउदीमा बस्न मन नलागेपछि साउदीसँगै लागुऔषध सेवन छाडेर उनी नेपाल फर्किए ।
नेपाल आएर २०४८ सालमा मीनाकुमारीसँग बिवाह गरे । विवाह गरेको केहि बर्षमै एउटा छोरालाई जन्म दिए । अनि फेरी वैदेशिक रोजगारीका लागि ताइवान र जापान समेत पुगेर केहि बर्ष काम गरेर फर्के । साउदीबाट लागुऔषधलाई चटक्कै छाडेर नेपाल फर्केका गोपाल जापानबाट फर्किएपछि त्यही पुराना साथीहरुसँग भेटघाट बाक्लो गर्न थाले जोसँगको सँगतमा उनी लागुऔषधको दलदलमा फसेका थिए ।
अन्ततः फेरि उनी पहिला कै जसरी लागुऔषधको दुव्र्यशनमा रमाउन थाले । लागुऔषधमै रमाउन थालेपछि गोपालले बिदेशमा कमाएको सम्पति पनि सके । त्यसपछि उनी परिवारलाई धम्क्याउने, घरको समान चोर्दै बेच्ने र त्यो पैसाबाट लागुऔषध किनेर खाने गर्न थाले । उनी दुव्र्यशनमा यतिसम्म फसिसकेका थिए कि लागुऔषधको खान पाएको दिन बाहेक अरुदिन जस्तोसुकै स्तिथिमा पनि उनको अनुहारमा निरशाका कालो बादलले छाडेनन् ।
फेरि उनी पारिवारिक सल्लाहमा २०५४ सालमा जापान जानका लागि सबै प्रक्रिया पूरा गरे । जापान जानका लागि काठमाण्डौको शिक्षण अस्पतालमा पुगेर रगत जचाउँदा एचआइभी पोजिटिभ देखियो । उनको होसहवास् उड्यो । तर आफू सम्हालिए । त्यसपछि उनको जीवनले नयाँ मोड लियो । गोपाल आफूलाई एचआइभी पोजेटिभ भएको थाहा पाएपछि सामाजिक रुपमा उपेक्षाको शिकार समेत बने । समाजमा तिरस्कार र अपमानित पात्रको रुपमा चिनिन थाले । तर सबै खराब अवस्थाबाट पार गर्दै आफूलाई आजको स्थितिमा उभ्याए ।
श्रेष्ठ ४ वर्ष अघि नै सगरमाथा आरोहणमा निस्किसकेका थिए । सबैको साथ सहयोगमा टोली सहित निस्केका उनलाई प्रकृतिको साथ मिलेन ।२०७२ सालमासगरमाथा आरोहणको प्रयास गरेका गोपाल आरोहणकै क्रममो महाभूकम्प गयो । उनीसँगै आरोहणमा गएका ५ जना साथीहरु हिमपहिरोमा परेर मरे तर उनी बाँच्न सफल भए ।
महाविनाशकारी भूकम्पले धेरै आरोहण टोलीको ज्यान गुम्दा भाग्यले भने साथ दिएको भान हुन्छ उनलाई । ‘एचआईभीले नढालेको ज्यान, भूकम्पले पनि ढालेन, अब सगरमाथाको टुप्पोमै पुग्नकै लागि हो ।’ उनलाई यस्तै लाग्छ । ‘हिम्मत, आत्मविश्वास ठूलो छ । त्यसैले साना कुराहरुले ढाल्दैन पनि ।’ त्यतिबेला नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा हिम पहिरो जाँदा उनको यात्रा बीचमै रोकियो । यसपटक उनी सगरमाथाको सफल आरोही फूर्बा तेञ्जिङ शेर्पाको नेतृत्वमा निजी शेर्पा दाकिपा शेर्पाका साथ सगरमाथा आरोहणको तयारीमा मज्जैले लागे ।
यसबीच, दोस्रो चरणको ‘स्टेप अप क्याम्पेन’ अभियान पनि सञ्चालन भयो । सगरमाथा चढ्ने पूर्वतयारीका लागि उनले केही हिमालको सफल आरोहण गरिसकेका छन् । उनले २०१३ मा थोरोङ्ल्ला पास (५,४१७ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर) र सन् २०१६ मा भर्जिन पिक (६,६४६ मिटर) चढेर कीर्तिमानी कायम गरिसकेका छन् ।
http://gandaknews.com/gopal-stha/
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी