भक्तपुरबाट पोखरा घुम्न आएका सुप्रिल फेवातालमा वेपत्ता

भक्तपुरबाट पोखरा घुम्न आएका सुप्रिल फेवातालमा वेपत्ता

1 bepatta 4 sakhushal

रञ्जन अधिकारी, पोखरा । कक्षा १२ को परीक्षा भर्खरै मात्र सकियो। अब परीक्षाफल कुर्नुबाहेक अरु काम थिएन । मन मिल्ने साथीहरु कतै घुम्न निस्कने योजना बन्यो । स्कुलमा सँगै लामो समय पढेका साथीहरु विभिन्न क्याम्पसमा छरिएपनि दोस्ती उस्तै थियो । त्यसैले, स्कुले साथीहरु पोखरा घुम्न जान तयार भए ।

रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना शनिबार मोटरसाइकलमा भक्तपुरदेखि पोखरा हुईँकिए ।

पोखरा आएर शनिबार राति लेकसाइडको होली हेभन होटलमा बिताए । आईतबार दिउँसो फेवाताल घुम्ने योजना बन्यो । मौसम राम्रो थियो । पाँच जनाले एउटा डुंगा लिए । आफै चलाएर ताल घुम्न थाले । दिउँसो ३ बजेतिर एक्कासी पानी प¥यो । हावाहुरी र पानीले फेवातालमा छाल उठ्ने गर्दछ । पाँचै जना सुरक्षामा सजग भएर लाइफ ज्याकेट, हेल्मेट सहित लगाएका थिए । तर, चट्याङले डुंगाको पाइडल खियाइरहेका सुप्रिललाई नै हान्यो । उनी तालमा खसे । अझैसम्म वेपत्ता छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बाँकी चार जनाको भने सकुशल उद्धार गरिएको छ । ‘सेफ्टी तरिकाले नै गएका हुन् । जब मन्दिरको उत्तरतिर गए खपौदी र पामेको बीच भाग फेवातालको शिरतिर पुगे । चट्याङ हानेर डुब्न पुगेको साथीहरुले बताएका छन् ।’ डिएसपी कार्कीले भने– ‘एपीएफको उद्धार टीम तत्काल पुग्दा चारै जना रोईरहेका थिए । एक जना डुबिसकेका थिए ।’

उद्धार गरिएका चारै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । डिएसपी कार्कीका अनुसार खोजी गर्दा हेल्मेट र लाइफ ज्याकेट मात्र भेटियो । ज्याकेटको तुना नै चुँडिएर एउटा साथी डुबेको उनीहरुको भनाई छ ।

सशस्त्र प्रहरी, आर्मीको रेस्क्यु टीम सहित प्रहरीले दिनभर खोजी गरेपनि लामाको अवस्थाबारे थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि पुनः खोजी गरिने डिएसपी कार्कीले बताए । चार जना अहिले हस्पिटलको बेडमा छन् । सुप्रिललाई जीवित भेटिने आश त छैन तर पनि उनीहरुलाई लागिरहेको छ ‘सुप्रिल टुप्लुक्क आइदिए कति खुशी हुन्थ्यौं। घर परिवारका अगाडि जस्तो लिएर आएको, उस्तै लैजान पाए ? ’

यसअघि, दुई वर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जना मध्ये दुई जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो । काठमाण्डौका १९ वर्षीय प्रतिक श्रेष्ठ र २३ वर्षीय एलिन केसीको मृत्यु भएको थियो । पाँच जना मात्र बाँच्न सफल भएका थिए । छुट्टाछुट्टै दुर्घटनामा धेरैले ज्यान गुमाईसकेका छन् ।

सम्बन्धित समाचार

फेवाताल डुंगा दुर्घटना: ४५ मिनेट अघि नै प्रहरीसँग गुहार मागिएको थियो तर … ! दुई अझै वेपत्ता, ६ को उद्धार

अपडेटः फेवातालमा बेपत्ता दुईको शव तैरिरहेको अवस्थामा फेला, यस्तो अवस्थामा भेटियो (तस्विर)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds