गण्डक न्युज पोखरा, २२ चैत । पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवातालमा डुबेर तनहुँका युवकको ज्यान गएको छ ।
विहीबार दिउँसो ३ बजेतिर तालको बीचमा अवस्थित तालबाराही मन्दिर दर्शनका लागि जाँदै गर्दा डुंगाबाट खस्दा तनहुँ शुक्लागण्डकी, दुलेगौंडा निवासी ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो ।
कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार मन्दिर दर्शनका लागि एकै डुंगामा सात जना सवार थिए । राजु आफैले डुंगा खियाउँछु भनेर बसेका थिए तर मन्दिर परिक्रमा गर्दै गर्दा एक्कासी तालमा खसेका हुन् । राजुलाई तत्काल उद्धार गरी मेट्रो सिटि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तिर्थालुका अनुसार सशस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलित भएपछि उनी तालमा खसेका थिए । उनलाई डुङ्गा व्यवासायी पुकार गुरुङले पौडीएर निकालेको उनीहरुको भनाई छ ।
तालमा सयर गर्न आउने आन्तरिक र बाह्य पर्यटकको डुबेर मृत्यु हुने क्रम बढेपछि न्यूनीकरणका लागि सशस्त्रको टोली त्यहाँ खटिएको पनि छ । यस्तै, लाइफ ज्याकेट अनिवार्य गरिएको छ । प्रहरीका अनुसार लाइफ ज्याकेट लगाइएको थिएन ।
उनी पोखरा आफन्तकहाँ आएको र आफन्तसँगै फेवाताल पुगेको प्रहरीले बताएको छ । पौडी खेल्न नजान्ने, मौसम गडबडी, आत्महत्याको प्रयत्न, तालको गहिराइको जानकारी नहुनु र पर्याप्त होसियारी नअपनाउँदा फेवातालमा यस्तो दुर्घटना हुने गरेको छ । फेवातालमा डुङ्गा सयरको आनन्द एकातिर छँदैछ अर्कातिर यसले जोखिमसमेत निम्त्याइरहेको छ ।
तालबाराही मन्दिरको पश्चिमस्थित अनदु टुडोस्थित क्षेत्र सबैभन्दा जोखिमपूर्ण छ । जुन भाग ७० फिटभन्दा बढी गहिरो रहेको छ । कतिपय सिकारुले डुङ्गा चलाउँदा सावधानी नअपनाउँदासमेत डुङ्गा डुबेर ज्यान जाने गरेको छ ।
डुङ्गा चालकको लापर्बाही र एउटै डुङ्गामा क्षमताभन्दा बढी यात्रु राख्न कडाई गर्नुपर्ने देखिन्छ ।
सम्बन्धित खबर
करेन्ट लगाएर माछा मार्ने वडा सदस्य सहित पाँच जना पक्राउ
बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
एमाले नेता अर्जुनलाई मातृशोक
स्याङ्जामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग